आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कोरियन भाषा परीक्षा आज र भोलि हुँदै, ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुँदै

शनिबार, जेष्ठ २५ २०७६

काठमाडौं / रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत काम गर्न दक्षिण कोरिया जानका लागि आज शनिबार र भोलि आइतबार परीक्षा सञ्चालन हुँदैछ ।

आगामी वर्ष कोरिया जाने कामदारका लागि भाषा परीक्षा शनिबार र आइतबार सञ्‍चालन हुन लागेको हो ।

काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुँदैछन् ।

आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । यस मध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० छानिने छन् भने कृषि क्षेत्रमा ३ हजार युवाको नाम प्रकाशित हुनेछ ।

परीक्षा सञ्चालन, अनुगमन र नियन्त्रण गर्ने काम कोरिया आफैंले गर्दैछ । चैत ८ देखि दश दिनसम्म खुलेको आवदेनमा युवाहरूले अनलाइन प्रणालीबाट फर्म भरेका थिए । यसको नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार