सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

डल्लु र नयाँबजारमा महालक्ष्मी विकास बैंकको शाखा

आइतबार, जेष्ठ १२ २०७६

काठमाडौं(जस)–महालक्ष्मी विकास बैंक लिले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १५ स्थित डल्लु शाखा कार्यालयको तथा काठमाडौँ महानगरपालिका वडा नं १६ स्थित नयाँबजार शाखाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । डल्लु शाखाको उद्घाटन प्रमुख अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठूले दीप प्रज्वलनका साथ गरेका थिए भने सो समारोहमा विशेष अतिथिका रुपमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल रहेका थिए ।
यसैगरी नयाँँबजार शाखाको उद्घाटन बैंकका संचालन समितिका सदस्य राजेश कुमार रौनियारले गरेका थिए । कार्यक्रमकै क्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए । महालक्ष्मी विकास बैंक लि.ले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी उनले दिए । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ५० हजार भन्दा बढी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार