मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा बारामा १जना को मृत्यु

मंगलबार, बैशाख ३१ २०७६

आर एन पटेल, रौतहट, ३१ बैशाख / बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहा हुलाकी राजमार्गमा ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा घटना स्थलमै एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय चन्द्रेश्वर साहको २० बर्षिय छोरा कृष्णनन्दन गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। आमा बुबाको एउटै छोरा मृतक गुप्ताको भर्खरै १ हप्ता पहिले बिहे भएको थियो । मकै लोड गरी च्युटाहाबाट कलैया तर्फ आउदै गरेको ना ४ ख २८१२ नम्बरको ट्रकले गुप्तालाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको हो। ट्रकले सडक किनारमा रहेको एक गुमटीमा ठक्कर दिई गुप्तालाई ठक्कर दिएको थियो।गुम्टी निर उभेका गुप्तालाई अचानक उक्त ट्रकले ठक्कर दिएको हो।ट्रकको ब्रेक फेल भएर यो दुर्घटना भएको अनुमान गरिएको छ।ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार