आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

विनानिश्कर्ष टुंगियो सरकार-राप्रपा वार्ता, एक साताभित्रै फेरि वार्ता

मंगलबार, बैशाख १० २०७६

काठमाडौं, १० बैशाख । सरकार र आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वार्ता विनानिश्कर्ष टुंगिएको छ। मंगलबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा भएको वार्ता विनानिश्कर्ष सकिएको हो।

राप्रपाका तर्फबाट वार्ताको नेतृत्व दीपक बोहराले गरेका थिए भने कानुनमन्त्री भानुभक्त ढकाल वार्तामा सहभागी थिए।

डेढ घण्टा चलेको वार्तामा राप्रपाले सरकारसँग राखेका २२ बुँदे मागबारे छलफल भए पनि कुनै निश्कर्ष निकाल्न सकेन। एक साताभित्रै फेरि वार्तामा बस्ने गरी आज बैठक सकिएको राप्रपा नेताहरूले जनाएका छन्।

वार्तामा सहभागी कानुनमन्त्री ढकालले संविधानमा उल्लेख भएका व्यवस्थाबाहेक अरु विषयमा छलफल गर्न सकिने बताएका थिए।

धर्म निरपेक्षता खारेज गर्नुपर्ने, राजसंस्थासहित रहने गरी गोलमेच सम्मेलन, संघीयताबारे जनमत संग्रहलगायत राप्रपाका माग छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार