शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

जिबनशैली

विराटनगरमा जेनजी आन्दोलन उग्र ः प्रदेशसभा भवन र एमाले कार्यालयमा आगजनी

विराटनगर । जेनजी पुस्ताले चर्काएको आन्दोलन मंगलबार बिहानैदेखि उग्र बन्दै गएपछि विराटनगरको अवस्था तनावग्रस्त बनेको छ । आक्रोशित प्रदर्शनकारीहरूले कोशी प्रदेशसभा सचिवालयमा प्रवेश गरी तोडफोड गरेका छन् । करीब तीन घण्टादेखि आन्दोलनकारीलाई रोक्ने सुरक्षाकर्मीको प्रयास असफल भएपछि पूर्व र पश्चिम दुवैतर्फबाट धकेल्दै आएका प्रदर्शनकारीले सचिवालयको मुख्य गेट तोडफोड गर्दै भवनभित्र प्रवेश गरेका हुन् । यस क्रममा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेर भीडलाई रोक्न खोजेपनि सफल भएनन् । आन्दोलनकारीहरूले ब्यारिकेट समेत जलाएका थिए । अहिले प्रदेशसभाभित्र तोडफोड जारी छ भने परिसर अत्यन्तै तनावग्रस्त बनेको छ । यसैबीच, नेकपा (एमाले) मोरङको पाञ्चालीस्थित पार्टी कार्यालयमा समेत आन्दोलनकारीले आगजनी गरेका छन्   कार्यालयमा प्रवेश गरेका युवाहरूले सामान तोडफोड गर्दै आगो लगाएका हुन् । प्रहरीका...