काठमाडौं(जस)–रिवन इन्टरटेनमेन्ट प्रालिले यो बर्ष पनि ‘मिसेस नेपाल इन्टरनेसनल २०१९’ आयोजना गर्ने भएको छ । रमाईलो एचडीको सहकार्यमा लैगिंक असमानताविरुद्धको अभियान भन्ने नाराका साथ यो प्रतियोगिता आयोजना हुन लागेको हो । आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि पहिलो चरणको अडिसन सम्पन्न भएको छ । अभिनेत्री तथा फिल्म निर्मात्री करिश्मा मानन्धर, अभिनेता आर्यन सिग्देल, अभिनेता तथा रंगकर्मी वीरेन्द्र हमाल, फिल्म निर्माता सुवास गिरी, मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, रंगकर्मी अनुप के. बराल र कोरियोग्राफर अश्विनी झाले अडिसनमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
अर्काे अडिसन शनिबार हुनेछ, जसमा अभिनेता राजेश हमाल, पूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल, मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, रंगकर्मी अनुप के.बराल, कोरियोग्राफर अश्विनी झा र गायक आभाष लाभ निर्णायकमा छन् । अटायर पाटनर आईआईएफटी नेपाल र मेकअप पाटनर फेसियल हाउसको प्रतियोगिताका लागि २ चरणका अडिसनबाट छानिएका महिलाहरुलाई विभिन्न विषयका विज्ञहरुबाट करिव ६ हप्ताको तालिम प्रदान गरिने झाले बताए ।
तालिम अवधिमा कोरियोग्राफी,ग्रुमिङ, टेवल म्यानर, आर्ट अफ लिभिङ, सेलिब्रेटी अन्तरक्रिया, पब्लिक स्पिकिङ, हेयर एण्ड मेकअप क्लास, सारिरिक हाउभाउ, महिला सशक्तिकरण, जुम्बा, सोसियल मिडियामा प्रोफाईल, मानव अधिकार तथा कार्यक्रम सम्बन्धि कानुनी सल्लाह लगायतका व्यक्तित्व विकास सम्बन्धि विभिन्न विज्ञहरुबाट कक्षा लिइने छ । प्रतियोगिताको प्रमुख बिजेताले अन्तर्रा्ष्ट्रिय प्रतियोगिताका नेपालका तर्पmबाट सहभागी हुने अवसरका साथ स्कुटर तथा विभिन्न अवसरहरु प्राप्त गर्ने्छिन् भने पहिलो, दोश्रो र तेश्रो विजेताले विभिन्न अवसरका साथै अन्तर्रा्ष्ट्रिय पेजेन्टमा भाग लिने अवसर समेत पाउने छन् । प्रतियोगितामा अश्विनी झाको कोरियोग्राफीमा रहनेछ ।