सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

अब प्रदेश–प्रदेशमा गाईजात्रा कार्यक्रम

मंगलबार, साउन २१ २०७६

काठमाडौं– विगतका बर्षमा कलाकारले ‘गाईजात्रा कार्यक्रम’ उपत्यकामा मात्र आयोजना गर्ने गरेका थिए । यो बर्ष भने ‘गाइजात्रा’ कार्यक्रम उपत्यका बाहिर अर्थात प्रदेश प्रदेशमा आयोजना हुने भएको छ । ब्रान्डवर्थ प्रालिले चर्चित कलाकार लिएर यो बर्ष ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजात्रा’नाम कार्यक्रममा प्रदेश प्रदेशमा आयोजना गर्न लागेको हो । आयोजक ब्रान्डवर्थले राजधानीमा एक कार्यक्रमका बीच ‘सिग्नेचर प्रदेशप्रदेशमा गाईजात्रा’ कार्यक्रमको जानकारी गराएको छ ।

गाईजात्रा सिंगो देशको पर्व भएकोले यसलाई देशैभरि लैजाने उदेश्यले ‘सिग्नेचर प्रदेशप्रदेशमा गाईजात्रा’ थालिन लागिएको कार्यक्रममा सदस्य मध्ये एक मनोज गजुरेलले बताए । ‘हास्न पाउनु सबै नेपालीको अधिकार हो’ उनले भने ‘प्रदेश नम्बर १ को विराटनगरमा साउन ३१ बाट सुरु हुने कार्यक्रम प्रदेश ३ को काठमाडौंमा आएर सकिनेछ । उनले कार्यक्रममा दश दिन आयोजना हुने जानकारी दिए ।

कार्यक्रममा गजुरेलका अलवा शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग), रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुबोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारीलगायत सहभागी हुनेछन् । जेसिस र लायन्स क्षेत्रीय आयोजक रहेको कार्यक्रमका विराटनगर, सिमरा, हेटौंडा, बुटवल, सुर्खेत, धनगढी, पोखरा र काठमाडौं हुने ब्रान्डवर्थका कार्यकारी निर्देशक मोहन गजुरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार