आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए डेनमार्कको अध्यक्षमा कमलराज शर्मा निर्वाचित

उपाध्यक्ष आरके शर्माद्धारा बधाई ज्ञापन

सोमबार, असार १८ २०८०

काठमाडौं, गैरआवासीय नेपाली संघ डेनमार्कको अध्यक्षमा कमलराज शर्मा निर्वाचित भएका छन् । शनिबार विद्युतीय माध्यमबाट भएको मतदान अनुसरा शर्मा ६ सय ५३ मत पाएर विजयी भए । अध्यक्षमा प्रतिस्पर्धी जमुनादेवी कंडेलले २४२ मत र राधाकृष्ण सापकोटाले १ सय ३९ मत प्राप्त गरे ।

यस्तै संघको उपाध्यक्षमा नीलविक्रम थापा र प्रदीप अधिकारी चुनिएका छन् । महासचिव नवराज आचार्य (नवीन), कोषाध्यक्षमा देव कुमार गिरी, युवा संयोजकमा भुवन खड्का र सदस्यहरूमा एलेक्स पोख्रेल, गोविन्द पौडेल,निराजन गुरूङ, राम प्रशाद अर्याल, सन्तोष बस्नेत निर्वाचित हुनु भएकोछ । आइसिसि सदस्यमा दीपकराज रिजाल निर्वाचित भए ।

महिला उपाध्यक्षमा मनिषा सिंह कोइराला, सचिवमा निलम रानाभाट, सहकोषाध्यक्षमा सरस्वती कार्की, महिला संयोजक लक्ष्मी बेलबासे अधिकारी,महिला सदस्यमा अम्बिका अधिकारी र आश्मा कोइराला निर्विरोध निर्वाचित भएका थिए । गैरआवासीय नेपाली संघ डेनमार्कको नेतृत्व चयनको लागि १ हजार ४६ मतदाताले माग लिएका थिए । संघको नयाँ नेतृत्व आगामी असोजमा चुनिने कार्यतालिका छ । यसको लागि अहिले विभिन्न देशमा निर्वाचनकोे कार्यक्रम शुरू भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार