बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

जनसम्पर्क समिति कतारद्वारा एनआरएनए नेतृत्वको स्वागत

बुधबार, असार १३ २०८०

दोहा ,नेपाली कांग्रेसको प्रवासमा रहेको भ्रातृ संगठन जनसम्पर्क समिति कतारले मंगलबार स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । ओमानको मस्कटमा आयोजित गैरआवासीय नेपाली संघ मध्यपुर्व क्षेत्रीय सम्मेलनमा सहभागी हुनका लागि कतार हुँदै पुगेका एनआरएनए नेताहरुको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसी, उपाध्यक्षहरु आरके शर्मा,महेश श्रेस्ठ,धर्मराज अधिकारी, युवा उपाध्यक्ष राज रेग्मी, रोशन थापा सहभागी रहेका थिए । यस्तै उपमहासचिव रामशरण सिम्खडा, गणेश केसी, सचिव गंगाधर गौतमलगायत सहभागी रहेका थिए ।

यस्तै जनसम्पर्क समितिका नेताहरुका साथै कतारमै क्रियाशील अन्य संगठनका प्रतिनिधि र सञ्चारकर्मीको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसी, उपाध्यक्षहरु महेश श्रेष्ठ,आरके शर्मा, धर्मराज अधिकारी, युवा उपाध्यक्ष राज रेग्मी, रोशन थापा उपमहासचिव रामशरण सिम्खडा, गणेश केसी, सचिव गंगाधर गौतमलगायत एनआरएनए अभियन्तालाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
जनसंपर्क समिति क़तारको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व सभापति मोहम्मद अजिज अलीले गरेका थिए भने प्रमुख अतिथिमा संस्थापक सभापति एबं एनआरएनए उपाध्यक्ष नरेन्द्र भाट र बिशिष्ठ अतिथिमा संस्थापक महामन्त्री बिमल सूबेदी रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार