बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भारतले जित्यो वेस्ट इन्डिजविरुद्वको टी–२० सिरिज

सोमबार, साउन २० २०७६

काठमाडौ(एजेन्सी)–वेस्ट इन्डिजविरुद्वको टी–२० सिरिज भारतले जितेको छ । अमेरिकाको फ्लोरिडामा आइतबार राति भएको दोस्रो खेलमा भारतले वेस्ट इन्डिजलाई २२ रनले हराउँदै सिरिजमा कब्जा जमाएको हो । यस जितसँगै भारतले तीन खेलको टी–२० सिरिजमा २–० को अग्रता बनाएको छ । यसअघि शनिबार भएको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो । अब अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ । वेस्ट इन्डिजविरुद्व भारतले लगातार दोस्रो पटक टी–२० सिरिज जित्न सफल भएको छ । यसअघि सन् २०१८ मा घरेलु मैदानमै भएको तीन खेलको सिरजमा भारतले वेस्ट इन्डिजलाई ३–० ले हराएको थियो ।
टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । भारतको जितमा ओपनर रोहित शर्माको ६७ रनको अर्धशतकीय पारी खेले । शिखर धवनले २३ तथा विराट कोहलीले २८ रन बनाएका थिए । कुर्नाल पाण्ड्याले २० र रबिन्द्र जडेजाले अविजित ९ रन बनाए । वेस्ट इन्डिजका ओसाने थोमस र सेल्डोन कोट्रेलले दुई दुई विकेट लिए । केमो पउलले एक विकेट लिएका थिए । एक सय ६८ रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.३ ओभरमा चार विकेट गुमाएर ९८ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि डकवर्थ लुईस नियमको आधारमा भारत २२ रनले विजयी भएको हो । वेस्ट इन्डिजका रोभमन पवेलले ५४ रन बनाए । निकोलस पुरनले १९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहरो अंकको रन बनाउन सकेनन् । भारतका कुर्नाल पाण्ड्याले दुई विकेट लिए । भुवनेश्वर कुमार र वासिङटोन सुन्दरले एक एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार