बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एनओसी कार्यसमिति अब १९ सदस्यीय , गल्फले मान्यता पायो

सोमबार, साउन २० २०७६

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यसमिति अब १९ सदस्यीय हुने भएको छ । एनओसीको सोमबार बसेको विशेष साधारण सभाले विधान संसोधन गर्दै १७ बाट बढाएर १९ सदस्यीय बनाउने निर्णय गरेको छ । विशेष साधारणले उपाध्यक्ष ४ बाट ५ पु¥याउने र ३ सचिव थप्ने निर्णय गरेको छ । पहिला भन्दा सदस्य संख्यामा भने कटौती भएको छ । ९ बाट सदस्य संख्या ७ मा झारिएको छ । भदौ २० गते हुने निर्वाचनले अब अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ३, कोषाध्यक्ष १ र सदस्य ७ गरि १९ जना निर्वाीचत गर्नेछ । विशेष साधारण सभा पछि मंगलबारै अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसैको बैठकले भदौ २० गतेका लागि निर्वाचन तोकेको छ । एनओसीका सहायक महासचिव राजीव श्रेष्ठका अनुसार अधिवक्ता लोकभक्त राणाको संयोजकत्वमा ३ सदस्यीय निर्वा्चिन समिति गठन भएको छ । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको विशेष साधारण सभामा संघका प्रतिनिधि १९ र एक परिवक्षकको उपस्थित थियो ।

गल्फलाई मान्यता
नेपाल गल्फ संघले पनि एनओसीको एसोसिएट सदस्यको मान्यता पाएको एनओसी सहायक महासचिव राजीव श्रेष्ठले हाम्रो खेलकुदलाई जानकराी दिए । अब एनओसीको सदस्य संघको संख्या २७ पुगेको छ । भदौं २० गते हुने एनओसीका निर्वाचनमा निर्वाचनमा गल्फ संघले पनि भाग लिनेछ । गत महिना भएको बैठकमा गल्फसहित ४ संघलाई मताधिकार दिने प्रस्ताव अस्वीकृत भएको थियो । त्यसरी प्रस्ताव गरिएका संघमा टासी घले अध्यक्ष रहेको नेपाल गल्फ संघ, ठाकुर गैरे अध्यक्ष रहेको नेपाल रोइङ संघ, भुवन पाठक अध्यक्ष रहेको आइस हक्की संघ र राजेन्द्र श्रेष्ठ अध्यक्ष रहेको नेपाल प्यान्टाथोलन संघ थियो । गल्फ संघको हकमा भने पहिला एसोसिएट सदस्य दिइसकेको भए मताधिकार दिने निर्णय भए अनुसार सोमबारको निर्णय भएको हो । बाँकी तीन संघले भने मताधिकार पाएनन् ।

मानार्थ अध्यक्ष, उपाध्यक्ष र सदस्य थप
राष्ट्रिय मान्यता प्राप्त एनओसीसँगको विवाद समाधानको प्रयास गर्ने उद्देश्यका साथ विधानमा मानार्थ उपाध्यक्ष र सदस्यहरु प्रावधान विशेष साधारण सभाले थपेको छ । सोमबार संसोधित एनओसीको विधानले मानार्थ २ उपाध्यक्ष र २ सदस्य राख्ने प्रावधान गरेको छ । त्यस्तै एनओसीका पूर्व अध्यक्षलाई मानार्थ अध्यक्षका रुपमा रहने वैधानिक व्यवस्था भएको छ । यसअघि निर्वतमान अध्यक्ष मात्र एनओसीको मानार्थ अध्यक्ष रहने प्रावधान थियो । एनओसीका पूर्व अध्यक्ष रुक्म शम्सेर राणालाई मानार्थ अध्यक्ष बनाउने उद्देश्यका साथ विधान संसोधन भएको छ ।
लामो समयदेखि दुई एनओसीबीच मान्यताका विषयलाई लिएर विवाद चल्दै आएको छ । राष्ट्रिय मान्यता प्राप्त एनओसीका राणालाई एनओसीको मानार्थ अध्यक्षमा मनोनित गर्ने, उनकै समितिमा रहेकालाई दुई जनालाई मानार्थ उपाध्यक्ष र दुई जनालाई मानार्थ सदस्यमा मनोनित गर्ने निर्णय यसअघि नै भएको समाचार हाम्रो खेलकुदले प्रकाशित गरेको थियो । श्रेष्ठ अध्यक्ष रहेको एनओसीमार्फत नेपालका सबै अन्तर्राष्ट्रिय सम्बन्ध र सहभागिता भइरहेको भएपनि सर्वोच्च अदालतको फैसलाका आधारमा राणा अध्यक्षको एनओसीको अस्तित्व रहि आएको छ । राणा पक्षले प्रशासनको सहयोगमा दुई वर्षअघि सातदोबाटोस्थित एनओसी भवन कब्जामा लिएको थियो । पछि पुनः श्रेष्ठ नेतृत्व एनओसीकै मातहतमा भवन रहदै आएको छ ।

एनओसीमा मताधिकार भएका २७ संघ
फुटबल, कबड्डी, लन टेनिस, एथलेटिक्स, टेबल टेनिस, आर्चरी, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्याष्टिक, ह्यान्डबल, हक्की, जुडो, र्याफटिङ एन्ड केनोइङ, शुटिङ, स्की, पौडी, तेक्वान्दो, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु,गल्फ र कराते महासंघ

प्रतिक्रिया
सम्बन्धित समाचार