बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि न्युजील्याण्डका खेलाडी घोषणा

सोमबार, साउन १३ २०७६

काठमाडौं(एजेन्सी)–न्युजील्याण्डले श्रीलंकाविरुद्धको टेस्ट च्याम्पियन्सिप सिरिजका लागि १५ सदस्यीय खेलाडी घोषणा गरेको छ । न्युजील्याण्डले आफ्नो टेस्ट टिममा चार जना स्पिनरलाई समावेश गरेको छ । टिममा विल सोमरभिले, लेफ्ट आर्मर अजाज पटेल, मिचेल सान्टनर र टोड अस्टले गरी चार स्पिनर समावेश गरिएको छ । न्युजील्याण्डको विश्वकप यात्रामा उत्कृष्ट प्रदर्शन गरेका लुकी फर्गुसन टेस्ट टिममा परेका छैनन् ।
न्युजील्याण्डको टेस्ट टिम स् केन विलियम्सन (कप्तान), टोड अस्टले, टम ब्लंडेल, ट्रेन्ट बोल्ट, कोलिन डि ग्राण्डहोम, टम लिथाम, हेनरी निकोलस, अजाज पटेल, जीत राभाल, विल सोमरभिल, मिचेल सान्टनर, टिम साउथी, रोज टेलर, निल वागनर र बिजे वाटलिंग । टेस्ट च्याम्पियन्सिप अन्तर्गत न्युजील्याण्डले श्रीलंका टुरमा दुई टेस्ट खेल्दै छ भने तीन टी(२० खेल समेत खेल्दै छ । यी दुवै देशबीचको पहिलो टेस्ट अगष्ट १४ बाट शुरु हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार