काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता दोल प्रसाद अर्यालले राजीनामा दिएका छन् । यसअघि सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि अर्याल संसदीय दलको नेता बनेका थिए ।
अर्यालले सभापति लामिछाने पुन: सांसद निर्वाचित भएकोले उनी नै संसदीय दलको नेता हुनुपर्ने भन्दै उनले राजीनामा दिएका छन् ।
उनले उपनेता विराजभक्त श्रेष्ठलाई दिएको राजीनामामा भनेका छन्-
‘हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मिति देखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु । मेरो कार्यकालमा सहकर्मी माननीयहरूले दिनुभएको साथ र सहयोगका लागि म सदैव आभारी रहनेछु ।’