दोहा । नेपालका चर्चित गायक तथा राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनी, सचिव जिवन दाहाल र प्रतिष्ठान अन्तरगत गण्डकी प्रदेश समन्वय समितिको वरिष्ठ उपाध्यक्ष माया गुरुङ्गलाई कतारको प्रतिष्ठीत द टनेल लज एण्ड क्लबले सम्मान गरेको छ ।
प्रवासी नेपाली मञ्चको जन साँस्कृतिक कार्यक्रमका लागि दोहा आएका कलाकारहरुलाई दोहा स्थित क्लबले प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरेको हो ।
कतार सरकार अन्तरगत पर्यटन बोर्डबाट ‘ए‘ लेबलको वर्गिकरण प्राप्त उक्त क्लब नेपाली व्यवसायीहरुद्धारा संचालित क्लब हो ।
क्लबका संचालक रमेश के.सी, व्यवस्थापक सुरज शर्मा अधिकारी, मञ्चका अध्यक्ष प्रभात त्रिपाठी, प्रतिष्ठान कतारका अध्यक्ष शिवराम ढकाल र कतारका नेपाली व्यवसायी झविन्द्र आचार्यद्धारा संयूक्त रुपमा सम्मान गरिएको उक्त कार्यक्रमको सहजिकरण दिपजंग शाहले गरेका थिए ।




