शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कामदारको अवस्था बुझ्न सरकारी टोली युएईमा, भत्ता पचाउन आएको भन्दै आलोचना

बुधबार, चैत्र २७ २०७५

युयई (जस)–युएईमा कार्यरत नेपाली कामदारको अबस्थाबारे स्थलगत अध्ययन गर्न आएको सरकारी टोलीलाई युएईमा कार्यरत नेपालीहरूले भत्ता पचाउने मेलो भन्दै आलोचना गरेका छन् । उनीहरूले कामदारको समस्या बुझ्न युएई नआई नेपालको एअरपोर्टमा निरीक्षण गर्न समेत सुझाव दिए । कामदारहरूको हकहित एवं वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित गर्नका लागि नीति नियम बनाउन सुझाव संकलन गर्ने कार्यक्रमको उद्देश्य रहेपनि अन्ततः बजेट सक्ने काम मात्र भएको भन्दै युएईमा कार्यरत नेपालीहरूले सर्वत्र आलोचना गरेका हुन् ।
अध्ययनको क्रममा टोलीले खाडी मुलक अन्तरर्गत युएईमा रहेका नेपाली कामदारहरूको अवस्था, उनीहरूको सम्झौता अनुसारको तलबभत्ता, कामको प्रकृति, काम गर्ने समय, बसोबास, खानपिन विविध अवस्थाबारे जानकारी लिने उद्देश्य रहेको छ ।
नेपाली काँग्रेस निकट जनसम्पर्क समितीका पूर्वसभापति चित्र केसी, तत्कालिन माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्चका अध्यक्ष बाबुराम विश्वकर्मा, तत्कालिन एमाले निकट प्रवासी नेपाली मञ्चका श्याम कँडेल, नयाँ शक्ति नेपाल निकट अन्तर्रा्ष्ट्रिय नेपानी समाज यूएईका अध्यक्ष सुरेश ढकाल, जनजाती महासंघ युएईका अध्यक्ष पाशाङ् रेन्जी शेर्पालगायत युएईका संघसंस्थाका प्रतिनिधिहरुले सामाजिक सञ्जालमार्फत टोलीको आलोचना गरेका छन् ।
अध्ययन भ्रमण भन्दै बर्षेनी लाखौं रुपैंयाँ खर्च गरेर सरकारी टोली पटक–पटक युएई आउने गरेपनि उपलब्धि भने शुन्य रहेको भन्दै उनीहरूले कामदारहरुमाथि झनै पिडा थपिएको गुनासो गरेका छन् । सोमबार आएको टोलीमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ, बोर्डका उपसचिव ऋषिराम भुसाल र लेखा अधिकृत नारायणप्रसाद दाहाल, श्रम मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थी र वैदेशिक रोजगार विभागका कम्युटर इञ्जिनियर राजु श्रेष्ठ सहभागी छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार