शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

काँग्रेस महाधिवेशनको कार्यतालिकामा केन्द्रित

शुक्रबार, साउन १० २०७६

काठमाडौं(जस)–नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल शुरु भएको छ ।पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिहिबार बसेको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले सो विषयमा आ–आफ्नो विचार व्यक्त गरेका थिए । यस अघिको बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठन पश्चात १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धी कार्यसूची पेश गरिएको थियो ।
आजको बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरेका थिए । केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ ।
‘निर्मलाका हत्यारा पक्राउ गर्न नसक्नु दुःखद’
काङ्ग्रेसले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसक्नु दुःखद् भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बलात्कारपछि निर्मला पन्तको हत्या गरिएको एक वर्ष पूरा हुँदासम्म पनि दोषीको पहिचान गर्न नसक्नु सरकारको असफलता भएको आरोप लगाए । उहाँले निर्मलाका हत्यारालाई सरकारले सक्दो चाँडो कानूनी कठघरामा ल्याउनुपर्ने बताए । सरकारले एक वर्षको बीचमा हत्यारा खोज्नुभन्दा पनि गैरजिम्मेवार अभिव्यक्ति दिनु, जनप्रदर्शनमा बालक मारिनु, प्रहरीलाई बदनाम गराउन खोज्नु गलत क्रियाकलाप भएको भन्दै अपराधीलाई खोजेर कडा कारवाही गर्न गम्भीर बहसको खाँचो रहेको प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार