शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

स्कूल विभागको नेतृत्वबारे छलफल गर्न नेकपाको सचिवालय बैठक आज बस्दै

बिहिबार, साउन ९ २०७६

काठमाडौं(जस)– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज बिहिबार बस्दैछ ।

स्कूल विभागको नेतृत्वबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बिहीबार पनि बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्ने छ ।

विभागको नेतृत्वमा विवाद चुलिँदा मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।

विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ कसलाई बनाउने भन्ने विवाद उत्कर्षमा रहेका बेला वैचारिक अभियान चलाउँदै आएका अर्का नेता घनश्याम भुसालले समेत दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार