आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए कप च्याम्पियन फुटसल प्रतियोगितामा सहभागी हुन एसआरसिसी एनआरएनएको अनुरोध

आइतबार, चैत्र १९ २०७९

काठमाडौं । आगामी नेपाली नयाँ वर्ष र थाई नयाँ वर्षको पूर्वसन्ध्यामा थाइल्याण्डमा एनआरएनए कप च्याम्पियन फुटसल प्रतियोगिता हुंदैछ । एसआरसिसी एनआरएनएले
प्रतियोगिता गरिमा र भव्यताका साथ आयोजना हुन लागेको जनाउँदै फुटसल प्रतियोगितामा सहभागी सबै टिमलाई स्वागत गर्ने उल्लेख गरेको छ । दक्षिण क्षेत्र (फुकेट) मा बस्ने सबै दाजुभाइ दिदीबहिनीहरूलाई साथ र सहयोगको अपेक्षा सहित उपस्थित हुन संस्थाले अनुरोध गरेको छ ।
उक्त फुटसलमा एनआरएनए एफसि,ओटप एफसि,सपी प्लाजा एफसी,प्राइड्स एफसि,कता एफसि,योङ्ग ब्वाई एफसि लगाएतद्वारा सहभागिता जनाउने आयोजकले जनाएको छ । उक्त फुटसलमा उत्कृस्ट गोल किपर, गोल स्कोर ,डिफेण्डरलाई म्यान अफ द म्याच र नगद पुरस्कार पनि राखिएको छ ।


(एनआरएनए-कप च्याम्पियन)

प्रतिक्रिया
सम्बन्धित समाचार