आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

दोश्रो एनआरएनए कप भलिवल प्रतियोगिता २०२३ युएईमा शुरु

आइतबार, चैत्र १९ २०७९

पुस्कर सापकोटा-युएई,नेपालको राष्ट्रिय खेल भलिबल, “खेल्न सके राष्ट्रको लागि नसके स्वास्थ्यको लागि” भन्ने मुख्य नाराका साथ गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईले आज युएईमै पहिलो पटक ठूलो धनराशी पुरस्कार राखेको नेपाली खुल्ला भलिबल प्रतियोगिता अलकुज बलेदिया मैदानमा भइरहेको छ । युएईमा क्रियाशील बिभिन्न संघ- संस्था एवं क्लवको खेलाडीहरु लगायत खेल प्रेमी दर्शक महानुभावहरुको बाक्लो उपस्थित रहेको यस खुल्ला भलिबल प्रतियोगितामा आयोजक टिम गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएई सहित १२ टिमको सहभागिता रहेको छ ।
यस खेलमा प्रमुख अतिथीको रुपमा गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको युवा उपाध्यक्ष राज रेग्मी (राजु), विशिष्ठ अतिथिहरुमा उपाध्यक्ष नरेन्द्र बहादुर भाट्, सचिव प्रवीण गुरुङ, मध्यपुर्ब संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको उपस्थिति रहेको छ । उक्त कार्यक्रममा बिभिन्न संघ- संस्थाको अध्यक्ष तथा नेपाल देखी आउने राष्ट्रिय खेलाडीहरु सहित युएईको खेलाडीहरुको उपस्थित रहेको छ ।
उक्त भलिवलको बिजेता टोलिलाई ७७७७ दिराम पुरस्कार राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार