बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कतारको नयाँ प्रधानमन्त्रीमा निवर्तमान उपप्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी

बुधबार, फाल्गुन २४ २०७९

दोहा,कतार – शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी कतारको नयाँ प्रधानमन्त्रीमा घोषित भएका छन ।
पुर्व प्रधानमन्त्री तथा गृह मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलअजीज अल थानीले पेश गरेको राजीनामा अमीर शेख तमीम बिन हमद अल थानीले स्वीकृत गरेपछि शैख मोहम्मद बिन अब्दुलरहमान अल थानी कतारको नयाँ प्रधानमन्त्री घोषित भएका हुन ।
उनले मंगलवार प्रधानमन्त्री हैसियतमा पद तथा गोपनियताको शपथ लिएका छन ।
यसअघि उनले सन २०१६ देखि उपप्रधान तथा परराष्ट्रमन्त्रीको पद सम्हाल्दै आएका थिए । सन २०१७ जुन महिना देखि साउदी अरेबिया,युएई लगायतको छिमेकी राष्ट्रले कतारमाथि लगाएको नाकाबन्दी सुल्झाउन उनको विशिष्ट योगदान रहेको थियो ।

त्यस्तै कतारको गृह तथा आन्तरिक मामिला मन्त्रीमा शेख खलीफा बिन हमद बिन खलीफा अल थानीलाई नियुक्त गरिएको कतार स्थित अमिरी दिवानले बताएको छ ।
नवनियुक्त प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी र नवनियुक्त आन्तरिक मामिला मन्त्री शैख खलीफा बिन हमद बिन खलीफा अलथानीले सपथसँगै देशको हितमा कार्य गर्ने बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार