सोमबार, फाल्गुन २२ २०७९
कतार । गैर आवासीय नेपाली संघ एनआरएनए का यूवा उपाध्यक्ष राज रेग्मीले नेपाल सरकार र एनआरएनए समृद्ध नेपालका लागि परिपुरक भएको बताएका छन । कतारको राजधानी दोहामा अतिकम विकसित मुलुक (एलडीसी) को पाँचौं सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कतार आएका उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वको कार्यदललाई एनआरएनए कतारले आयोजना गरेको स्वागत कार्यक्रमममा बोल्दै उपाध्यक्ष रेग्मीले सो कुरा बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले गैरआवासिय नेपाली संघ, समृद्ध नेपाल निमार्णका लागि एक महत्वपुर्ण हिस्सा रहेको सच्चाई कसैविच नछिपेको बताए । साथै यस गौरवमय साझा संस्थाको यूवा उपाध्यक्षको नाताले यस अभियानका गतिविधीलाई अत्यन्त गौरवको रुपमा हेरेको उल्लेख गरे । उनले देश विविध कारणवाट समस्यामा परेको समयहरुमा संघले सक्दोरुपमा सहयोगका लागी कुनै कसुर वाँकी नराखेको बताए । नेपाल सरकार र गैर आवासिय नेपाली संघ समृद्ध नेपालका लागि परिपुरक हुन भन्ने आफ्नो वुझाई रहेको रेग्मीले बताए ।
वैदेशिक रोजगारीको साथमा व्यावशायीक संलग्नतामा आफूले लामो श्रृखला पार गर्दे विगत देखि वर्तमानमा आइपुग्दा समाज भित्र रहेर सेवा गर्ने अवसर प्राप्त गरेको जनाउदै जुन आफ्नो लागी प्रेरणाको श्रोत बनेको रेग्मीले बताए । उनले अहिले एनआरएनएजस्तो पवित्र संस्था मार्फत समाजसेवा आफ्नो लागि आत्मसन्तुष्टिको विषय बनेको बताए ।
रेग्मीले गैर आवासीय नेपाली संघको २० बर्षे लामो यात्रामा संघका उद्देश्यले सार्थकता पाईरहेको महसुस हुदै गर्दा संघले नेपालको विभिन्न कालखण्डमा आई परेका दैविप्रकोप र अन्य राष्ट्रिय समस्याहरुमा गरेको मानविय र सामाजिक कार्यहरुको अलवा सामूहीक लगानी, संघका अग्रज अभियन्ताहरुले शिक्षा, पर्यटन, सवास्थ्य र विद्युत क्षेत्रमा गरेको लगानीहरुलाई महत्वपूर्ण आधार मान्न सकिन्छ । रेग्मीले सामुहिक लगानीबाट आर्थिक विकास र समृद्धीको आधारमा विश्वास भएपश्चात फेरी पनि गैर आवासीय नेपाली संघले संस्थागत रुपमा एनआरएन डेभलपमेन्ट फण्डको व्यवस्था गरी १० अर्व
लगानी गर्ने अवसर आएको बताए । युवा उपाध्यक्ष रेग्मीले आफुहरु देशका लागी सबै दिन तयार रहेको जनाउदै देश विकाशको लागी गैर आवासीय नेपालीले सिकेको ज्ञान र सीपलाई प्रयोग गर्न उप प्रधानमन्त्री श्रेष्ठलाई अनुरोध गरे ।

सम्बोधनको पूर्णपाठ
नेपाल सरकारका माननीय उपप्रधामन्त्रीज्यूको स्वागत तथा सम्मानको लागी नेपाली राजदूतावास कतारको समन्वयमा गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद् कतारको आयोजनामा आयोजित यस महत्वपूर्ण सम्मान तथा समूदाय मिलन कार्यक्रमका सभापति एनआरएनए एनसीसी
कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानज्यू,
प्रमुखअतिथि ः माननीय उपप्रधामन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री श्री नारायण काजी
श्रेष्ठज्यू,
विषेशअतिथिः राष्टिय योजना आयोगका उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठज्यू,
विषेशअतिथिः माननीय जितेन्द्र नारायण देवज्यू,
विषेशअतिथिः नेपाल सरकारका सचिव श्री, मुधुकर मरासीनीज्यू, श्री गणेश प्रसाद पाण्डज्यू, श्री
केवल प्रसाद भण्डारीज्यू
विषेशअतिथिः महामहिम राजदूत डा. नरेश विक्रम ढकालज्यू,
विषेशअतिथि ः उपप्रधानमन्त्रीज्यूका स्वकिय सचिव शुरेश काजी श्रेष्ठज्यू,
उपप्रधानमन्त्रीज्यूको भ्रमणदलमा रहनुभएका नेपाल सरकारका उच्च पदाधिकारीयूहरु एवं अन्य
सदस्यज्यूहरु,
नेपाली राजदूतावास कतार परिवारका संपूर्ण पदाधिकारीज्यूहरु,
गैर आवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषद्का उपाध्यक्ष आर. के. शर्माज्यू, सचिव
प्रविण गरुड.ज्यू अन्य पदाधिकारी एवं सदस्यज्यूहरु र एनसीसी कतार अध्यक्षज्यू ,
………………..अन्यविषेश अतिथिज्यूहरु, अतिथिज्यूहरु, सामाजिक, वैचारिक, व्यावसायीक एवं
विभिन्न संघ–संस्थाबाट प्रतिनिधित्वगर्नु भएका संस्थाप्रमुख एवं प्रतिनिधज्यूहरु, पत्रकार मित्रहरु
साथै संपूर्ण गैरआवासीय नेपाली साथीहरु सवैमा मेरो तर्फबाट हार्दिक सम्मानपूर्वक नमस्कार ।
आजको यस सम्मानित कार्यक्रममा माननीय उपप्रधानमन्त्रीज्यूलाई स्वागत गर्न पाउँदा गर्व महसुस
गर्दै हालै सम्पन्न भएको नेपालको संघिय निर्वाचनबाट निर्वाचित भई देशको उपप्रधानमन्त्री समेत
हुन सफल हुनु भएकोमा हार्दिक वधाई प्रकट गर्न चाहान्छु । साथै एल. डि. सी. (ीभबकत
म्भखभयिउभम ऋयगलतचष्भक) हरुको अत्यन्त महत्वपूर्ण सम्मेलनमा हाम्रो देश नेपालको नेतृत्व
गर्दै आउनु भएको माननीय उपप्रधामन्त्रीज्यूको भ्रमण लाई अत्यन्त फलदायी एवं सफलताको
लागी हार्दिक शुभकामना प्रकट गर्दछु ।
नेपालीका लागी नेपाली भन्ने पवित्र मन्त्र लिएर सन् २००३ मा स्थापना भएको गैर आवसिय
नेपाली संघ विश्व स्तरमा व्यापक विस्तारले संघको औचित्य माथि के पुष्टि गरेको छ भने गैर
आवसिय नेपाली संघ, समृद्ध नेपाल निमार्णका लागि एक महत्वपुर्ण हिस्सा रहेको सच्चाई कसैविच
छिपेको छैन । साथै यस गौरवमय साझा संस्थाको यूवा उपाध्यक्षको नाताले यस अभियानका
गतिविधीलाई अत्यन्त गौरवको रुपमा हेरेको छु । मुलुक विविध कारणवाट समस्यामा परेको
समयहरुमा संघले सक्दोरुपमा सहयोगका लागी कुनै कसुर वाँकी राखेको जस्तो मलाई लाग्दैन ।
यसै निस्कर्षका आधारमा भन्न सकिन्छ नेपाल सरकार र गैर आवसिय नेपाली संघ समृद्ध नेपालका
लागि परिपुरक हुन भन्नेमा मेरो वुझाई रहेको छ ।
वैदेशिक रोजगारीको साथमा व्यावशायीक संलग्नतामा मैले लामो श्रृखला पार गर्दे विगत देखि
वर्तमानमा आइपुग्दा विभिन्न उद्धे्श्यका समाज भित्र रहेर सेवा गर्ने अवसर प्राप्त गरे जुन कुरा
मेरा लागि प्रेरणाको श्रोत वन्यो र आज हाम्रो पवित्र संस्था मार्फत समाजसेवा मेरा लागि
आत्मसन्तुष्टिको विषय बनेको छ ।
गैर आवासीय नेपाली संघको यो लामो यात्रामा संघका उद्देश्यले सार्थकता पाईरहेको महसुस हुदै
गर्दा संघले नेपालको विभिन्न कालखण्डमा आई परेका दैविप्रकोप र अन्य राष्ट्रिय समस्याहरुमा
गरेको मानविय र सामाजिक कार्यहरुको अलवा सामूहीक लगानी, संघका अग्रज अयिान्ताहरुले
शिक्षा, पर्यटन, सवास्थ्य र विद्युत क्षेत्रमा गरेको लगानीहरुलाई महत्वपूर्ण आधार मान्न सकिन्छ ।
सामुहिक लगानीबाट आर्थिक विकास र समृद्धीको आधारमा विश्वास भएपश्चात फेरी पनि गैर
आवासीय नेपाली संघले संस्थागत रुपमा एनआरएन डेभ्लपमेण्ट फण्डको व्यवस्था गरी १० अर्व
लगानीगर्ने अवसर आएको छ । नेपाल सरकारको ५ प्रतिशत स्वामित्वमा संचालनमा आउन लागेको
वहु प्रतिक्षित यस अभियानबाट देश समृद्धी तर्फ अगाडी वढ्नेछ भन्ने मैले विश्वास लिएको छु ।
हामी गैर आवासीय नेपालीहरुको लागी खुशीको कुरा हिजो मात्र यही फाल्गुन १९ गते उद्योग,
वाणिज्य तथा आपूर्ती मन्त्रालयले नेपालमा लगानी भित्राउने हाम्रो पहलकदमको सम्वोधन गर्दै
प्रोत्साहान स्वरुप इन्भेष्टमेन्ट कम्पनी दर्ताको लागी ऐन शंसोदन गरेको छ । अव उप्रान्त यस्ता
कम्पनीबाटै विदेशी लगानी स्वीकृत गर्न पाउने व्यवस्थाको स्वागत गर्न चाहान्छु ।
हाम्रा विगतमा भए गरेका कार्यहरुको अनुभव र उद्देश्यहरुलाई वर्तमान परिवेश र व्यवाहारमा लागु
गर्नको लागि हाम्रा वैज्ञानिक विचारहरुलाई परिवर्तन नगरी रुपान्तरणमा लिएर स्मार्ट यूग अनुसारको
कार्य योजना नै हाम्रो वर्तमान उद्देश्य भएको कारण नेपालमा स्वरोजगार र आर्थिक संवृद्धिको लागी
हामी सचेत छौं । त्यसकारण हामी सवैले कल्पना गरे अनुसारको नविन लेपाल वा स्वर्णीम नेपालको
लागी हाम्रा साना वा ठूला सामूहिक लगानीहरु, हाम्रो एनआरएनएको वैज्ञानीक परिभाषा (सार्कमुलुक
भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन भन्दा वढी वसोवास गर्ने नेपाली नागरिक गैर आवासीय
नेपाली), लगानी मैत्री ऐन कानून, एक पटको नेपाली सधैको नेपाली (नेपाली नागरीकताको
निरन्तरता) जस्ता हामीहरुले वर्षौं देखि उठाएका मागहरुलाई अविलम्व सम्वोधन गर्नु आजको
आवश्यकता रहेको उपप्रधानमन्त्रीज्यू लाई निवेदन गर्न चमहान्छु ।
युवा शक्ति मुलुक निमार्णको प्रमुख अङ्ग हो यसमा कुनै फरक मत छैन । हामिले युवा शक्तिलाई
समयमा उचित प्रवन्ध र युवाहरुको सोच,ज्ञान र शिपलाई समयमा अवसर दिनका लागि नेपाली
युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउन प्रथामिकतामा राखि एनआरएनए मार्फत रोजगार
सृजना गर्ने र सम्भाव्य क्षेत्रमा युवाहरुको स–सानो वा ठुलो पुँजी सँकलन गरी साझेदारी सामूहिक
लगानी बढाउनका लागि प्रोत्साहन गरी भए गरेका कार्यहरुमा पहँुच हुनुका साथै समय अनुसार
रुपान्तरण गर्न पनि हामीहरुले उठाउदै आएका मागहरुले मात्र सार्थकता पाउने छ । यस्तो नहुँदा
दोस्रो पुस्ताका गैर आवासीय नेपालीहरु र तमाम आवासीय यूवाहरुले आर्जन गरेको शिप र पुजी
निस्कृय वन्दै गएको छ । विदेशमा रहेका विभिन्न पेशा तथा क्षेत्रमा रहेका युवाहरुलाई
एनआरएनएप्रतिको आकर्षण बढाउने, धेरैभन्दा धेरै युवाहरुलाई एनआरएनएको महत्व र
आवश्यकताको अनुभूति दिलाई हाम्रो अगुवाईमा यूवा लक्षित कार्यक्रमहरु संचालन गरी ज्ञान, सीप
र उद्यमशिलता लाई रुपान्तरण गर्ने हाम्रो लक्ष पनि संवृद्ध नेपालको एउटा दर्घिकालिन लक्ष हो ।
विदेशमा रहेका नेपालीहरुको सुरक्षित र मर्यादित जिवन यापनको लागी हाम्रो र नेपाल सरकारको
श्रोत र साधनले पक्कै पनि हाल सम्म गरेको सहयोग प्रशंसा योग्य हुदै गर्दा पनि अपुग भएको
हामीहरुलाई स्मरण छ । तसर्थ यस तर्फ नेपाल सरकारले महत्वका साथ धयान दिई परोपकारी
कोषहरु वृधिको लागी अन्य उपाय निर्धारण गरी वैदेशिक रोजगार परोपकारी कोष लाई मजवुध र
सहज वनाउनको लागि यसका स्वरुप रुपान्तरण गरी अध्यन तर्फ लाग्नु आवश्यक छ ।
आज देशको झण्डै एक तिहाई नेपाली नागरीक विभिन्न उद्धेश्यका लागि मुलुक वाहिर रहेको
तथ्याङ्ग रहेको छ तर मुलुकमा हुने निर्वाचनको प्रकृयामा मुलुक निमार्णको मेरुदण्डको रुपमा रहेको
युवाहरुको सहभागिता हुन नसक्नु परिस्थितीजन्य परिघटनाका कारण वन्चीत हुदा युवाहरु
अधिकारवाट वन्चीत हुनु परेकोलामो इतिहास भैसकेको छ । उपरोक्त कार्यको व्यवस्था मिलाउन
गैर आवसिय नेपाली संघको तर्फवाट नेपाल सरकार र निर्वाचन आयोगमा भएका पारस्पारीक
बुझाई लाई कार्यन्वयन गर्न पनि हामीले कहिल्यै हुल्नु हुदैन भन्ने कुरा माननीय
उपप्रधानमन्त्रीज्यूलाई स्मरण गराउन चाहान्छु ।
अन्त्यमा हाम्रो कर्मभूमीको यस सुन्दर शहरमा सम्पन्न हुन गईरहेको अतिनै महत्वपूर्ण सम्मेलनमा
सहभागि हुन आउनु भएका माननीय उपप्रधानमन्त्रीज्यूको नेतृत्वकोभ्रमणदलको उद्देश्य एवं कतार
वसाई फलदाई हुने छ भन्ने विश्वासका साथ अतिनै समय सान्दर्भिक कार्यक्रम राखेर केही विचार
राख्न अवसर दिनु भएकोमा आयोजक टिमलाइ आभार प्रकट गर्दै मेरा भनाई हरुलाई यही अन्त्य
गर्दछु ।
धन्यवाद
राज रेग्मी यूवा उपाध्यक्ष
गैर आवसिय नेपाली संघ
अन्तराष्ट्रिय समन्वय परिषद


जनसवाल राष्ट्रिय दैनिकको २०७९ फागुन २६ गते शुक्रबारको इपेपर
https://epaper.janasawal.com/2023/03/10/6485/

जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij