कतार, रास्ट्रिय कलाकार एबं बुगि बुगिका टपर तथा डान्सर कविता नेपालीसंगै एनटिफ राईजिङ्ग हिपहप स्टार माईला होलि धमाकाका लागी एसियाना दोहोरी दोहा कतारमा आउने भएका छ्न । मार्च २ र ३ तारीखका दिन दोहाको ओल्ड सलातास्थित बेस्ट वेस्टर्न होटेलको १४ औं तल्लामा होलि धमाका कार्यक्रमका लागि कलाकारहरु आउने भएका हुन । सो होलि धमाका कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न नेपालबाट डान्सर कबिता नेपालीसँगै र्यापर माईलाको साथमा बुगिविगिका फिनालिस्ट डान्सर रबिन भुजेल, बुगिबुगिका टपटेन डान्सर सागर राना समेतको प्रस्तुति रहनेछ । उक्त कार्यक्रममा कतारका स्थानिय कलाकारहरु बबिता माझी, रुबि, सबिता, प्राप्ति तुलाचन र कमला समेतको प्रस्तुति रहने दोहोरी साझका संचालक युवा ब्यवसायि तथा गैरआवासीय नेपाली संघका सचीव प्रबिन गुरुङले बताए । गुरुङकै नेतृत्वमा भ्वाईस अफ नेपालको ग्रान्ड फिनाले, बुगि विगि डान्स रियालिटि,नेपाल आईडल ग्रान्ड फिनाले लगायत विभिन्न सांस्कृतिक कार्यक्रम कतारमा संपन्न भएको थियो । आफ्नै नेतृत्वमा सफलताका साथ विभिन्न सांस्कृतिक ईभेन्ट कार्यक्रम सम्पन्न गराउन सफल गुरुङले कलाकारिता क्षेत्रको बिकाससङ्गै कतारमा रहेका नेपालीहरुलाई भरपुर मनोरञ्जन गराउन सो कार्यक्रम आयोजना गरेको गुरुङले बताए । दुई दिनसम्म आयोजना हुने उक्त कार्यक्रममा नेपाली मौलिकता झल्कने नाच, गित, र्याप लगायतलाई समेटेर होलि धमाका कार्यक्रम आयोजना गरेको गुरुङले बताए । सो कार्यक्रमका प्रोग्राम कोअर्डिनेटर श्याम पाण्डे , कार्यक्रम संचालक ब्यवसायि तथा पत्रकार दिपजङ्ग शाह ठकुरी, को(होस्ट किशोर लम्साल रहेका छ्न । गुरुङले प्रवासमा पनि आफ्नो मौलिक संस्कृति जोगाउन होली कार्यक्रम आयोजना गरेको जनाउदै उक्त कार्यक्रममा सहभागिताको लागी सम्पुर्ण नेपालीहरुलाई अनुरोध गरेका छन । उक्त होली कार्यक्रममा बिभिन्न प्याकेजहरु पनि राखिएको जनाउदै गुरुङले समयमै आफ्नो सिट सुरक्षित राख्न आग्रह गरेका छन ।