आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

समीकरण जोगाउन प्रचण्ड–ओली गम्भीर, आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

बिहिबार, माघ २६ २०७९

भक्तपुर(जस)–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उनीहरू बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओलीसँग प्रचण्डले भेटघाट बाक्लो बनाइरहेका छन् ।
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका बिषयमा शंका तथा आशंका बढदै गएको बेला प्रधानमन्त्री प्रचण्ड वालकोट पुगेका हुन । रास्वपालाई गृह मन्त्रालय दिनु पर्ने ओलीको सुझावलाई प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेपछि दुवै नेताबीचमा पनि समझदारीमा समस्या आउन देखा परेकोको अवस्थामा दुवै नेता बिच भेटघाट वाक्लिन थालेको हो । सत्तारुढ दल भित्र दुई महिना नपुग्दै देखा परेको किचलो हल गर्नका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बिच दिनहुँ भेटघाट हुने क्रम बढेको छ । तर, निष्कर्ष भने निष्कर्ष सकेको छैन ।
भेटवार्तापछि प्रधानमन्त्री दाहालले भने, “उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्र्छौँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौँ । सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ । सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौ ।” भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएको ओलीको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको सचिवालयले जनाएको छ । भेटमा उनीहरुबीच करिब डेढ घण्टा छलफल भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बिहान ओली निवास बालकोट पुगेका थिए । सोही भेटमा भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बालकोटमा प्रचण्ड र ओलीबीच डेढ घण्टा लामो छलफल भएको थियो । यसअघि संयन्त्रको बैठक बस्ने भनिएपनि बैठक बस्न सकेको थिएन । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संयन्त्रको बैठक बस्न माग गरेको थियो । यद्यपि रास्वपा सरकारबाट बाहिरिसकेको छ ।
बुधबारको छलफलपछि वर्तमान सत्ता समीकरणलाई सहमति अनुरुप नै अघि बढाउन दुवै नेता गम्भीर रहेको एकालेका एक नेताले बताए । ‘बाहिर जेजस्ता चर्चा भएपनि प्रधानमन्त्री प्रचण्ड अहिलेकै सत्ता समीकरण अघि बढाउन गम्भीर हुनुहुन्छ । मुख्य रुपमा राष्ट्रपति एमालेले नै पाउने विषयमा पनि प्रचण्ड असहमत रहेको देखिदैन’, ती नेताले भने ।
एमालेले उठाएको उम्मेदवारलाई हराउँछौं
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई कांग्रेसले सकेसम्म हराउनकै लागि प्रयास गर्ने बताएका छन् । उनले लाखौं मतदाताले भोट दिएको लोकतान्त्रिक वाम गठबन्धन किन जोगिएन भन्ने प्रश्नको जवाफ दिनुपर्ने पनि बताए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले १५–२० वर्ष जान्छ भनेर बनाइएको गठबन्धन पाँच वर्ष पनि टिकाउन नसकिएको बारे जनतालाई जवाफ दिनुपर्ने बताए ।
‘२० वर्षसम्म गठबन्धन जान्छ, स्थिरता र समृद्धि दिन्छ, मत हाल्नुस् भनेर भन्यौं । हामीले त मतदाताको जनप्रतिनिधि छान्ने अधिकारलाई सीमित गरिदिऔं । तर, प्रधानमन्त्रीको विषयमा कुरा नमिल्दा पाँच वर्ष पनि गठबन्धन टिकाउन सकिएन’, उनले भने, ‘अहिले आफूलाई आफूले प्रश्न गर्ने र अरूलाई उत्तर दिनुपर्छ कि पर्दैन ? आम नागरिकलाई उत्तर दिनुपर्छ । १५ वर्ष नभए पनि पाँच वर्ष पनि टिकाउन सकिएन । लाखौँ मतदातालाई गठबन्धन बोकाएर, त्यो भारी बोकाएर अहिले उत्तरबाट भाग्ने ? हामीले प्रश्न सोध्ने को हो भन्ने ? त्यो मिल्दैन, यसको उत्तर हामीले दिनुपर्छ ।’
नेकपा (एमाले) ले गएको पुस १० गते दिउँसो ३ बजेसम्म हस्ताक्षर लिएर आउने र कांग्रेससँग मिलेर सरकार बनाउने भनेको पनि उनले बताए । तर, कांग्रेसलाई जस्तै एमालेले नेकपा (माओवादी केन्द्र)लाई पनि आश्वासन दिएर ढाँट्ने काम गरेको उनको भनाइ छ । महामन्त्री गगन थापाले फेरि पनि नेकपा एमालेबाटै राष्ट्रपति निर्वाचित भए संविधानलाई दुर्घटना गराइने डर रहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार