आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रदेश १, मधेश, बागमती र गण्डकीमा बदलीको सम्भावना

शुक्रबार, मंसिर २३ २०७९

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ । शनिबार देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार