बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

म्याक ल्युब्रिकेन्टस् डिलर मिट सम्पन्न

मंगलबार, असार ३१ २०७६

काठमाडौं– सिप्रदी ट्रेडिङ्ग तथा भारत पेट्रोलियमले म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको उक्त कार्यक्रममा सिप्रदीले देशभर रहेका आफ्ना अधिकारीक डिलरहरुलाई आमन्त्रित गरि कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा पाहुनाहरुलाई कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका कार्यकारी निर्देशक राजन बाबु श्रेष्ठले कम्पनीको आगामी योजनाको वारेमा सहभागिहरुलाई प्रष्ट पारे । उक्त कार्यक्रममा नेपालका लागि भारत पेट्रोलियमका प्रबन्धक मुकुन्द धमलाले नेपालको मार्केट प्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदीको डिलर्सहरुबाट आशा पनि धेरै रहेको कुरामा जोड दिए ।
सिप्रदीका उप जनरल म्यानेजर रोशन कुमार श्रेष्ठले कम्पनीको हाल अपनाई रहेको रणनिति तथा आगामी कार्ययोजनाको बारेमा स्पष्ट पारेका थिए । कार्यक्रममा नेपाल भरी रहेका सिप्रदीसँग आबद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिदैं आगन्तुक पाहुनालाई धन्यवाद दिए । सिप्रदी, भारत पेट्रोलियमको ल्युब्रिकेन्टस्को लागि विगत १७ वर्ष देखि नेपालको एक मात्र आधिकारिक वितरक हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार