आलोक यादव
सिरहा । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा बलान खोला र कटनिया धारको बाढी गाउँमा पस्दा गाउँपालिको अधिकांश वडा डुबानमा परेका छन । गाउँपालिकाको सिमराहा , कल्याणपुर , लतयाही , भगवानपुर बाढीको पानी घर घरमा पस्दा स्थानीय वडावासीहरु प्रभावित भएका छन । उनीहरु घर छाडेर सुरक्षित स्थानको खोजीमा विस्थापित बनेका छन ।
सखुवानान्कारकट्टीको पाँचवटै वडाबासीहरुको करिब ९५० घर डुबानमा रहेका छन् ।

यसवर्ष पनि जनजीवन प्रभावित गर्ने गरि बाढीले सताएको अवस्था छ । यस्तोमा सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदार यादव बाढीबाट डुबानमा परेका बाढी पीडितको उद्धारका लागि ईलाका प्रहरी कार्यालय मेहशवारि तथा सशस्त्र प्रहरी बल ठाडिसहित टोलि लिएर सक्रियता देखाउँदै उद्धारका लागि उनी खटिएका छन् ।
गाउँपालिका भरिका सबै प्रभावित वडाहरुमा अध्यक्ष यादव र उनको टोली पुग्दै आएको छ ।
उनिसँगै हरेक वडाका अध्यक्षहरुको सक्रियता पनि बढेको छ । गाउँपालिकाको सिमराहा,कल्याणपुर ,लतयाहिको मुसहर बस्तीमा बाढीको पानी घर घरमा पस्दा स्थानीय वडावासीहरु प्रभावित भएका छन । बाढी प्रभावित व्यक्तिहरुलाइ गाउँपालिकाबाट राहत दिने काम जारिरहेको गाउँपालिका अध्यक्ष केदार यादवले बताए ।
यता सखुवानान्कारकट्टीका स्थानीयवासीहरुले गाउँपालिकाबाट मात्रै राहत दिएको बताए । गाउँपालिकाका ९५० घर बाढी परिवारलाई राहत दिएको ३ नम्बर वडा अध्यक्ष महेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार प्रति घर परिवारलाई पाँच केजी भुजा, पाँच केजी चामल र भुजिया तत्काल राहत स्वरुप उपलब्ध गराईएको छ ।
बाढी प्रभावित व्यक्तिहरुलाइ गाउँपालिकाबाट राहत दिने काम जारिरहेको गाउँपालिका अध्यक्ष यादवले बताए । यता सिमराहाका स्थानीयवासीहरुले गाउँपालिकाबाट मात्रै राहत दिएको बताए । गाउँपालिकाबाट ९५० घर परिवारलाई राहत दिएको वडा नम्बर ५ का वडा सदस्य इदृश मियाले जानकारी दिए ।