काठमाडौं । कोडी गाक्पो र डेभी क्लासेनको गोलमा युरोपेली महारथी नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा विजयी सुरुआत गरेको छ ।
दोहाको अल थुमामा रंगशालामा अफ्रिकी च्याम्पियन सेनेगलविरुद्धको वर्षका उत्कृष्ट डच फुटबलर घोषित गाक्पोले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल अग्रता दिलाएका थिए । गाक्पोले फ्रयांन्किङ डी योङको पासमा गोल गरेका थिए ।
इन्जुरी समयको नवौं मिनेटमा बैकल्पिक खेलाडी क्लासेनले दोस्रो गोल गरेका थिए । अर्का वैकल्पिक खेलाडी मेम्फिस डिपाएको प्रहार सेनेगलका गोलरक्षक इडुवार्ड मेन्डीले फर्काएपछि रिबाउन्डमा क्लासेनले गोल गरेका ििथए ।
जितपछि नेदरल्यान्ड्सले तीन अंकका साथ समूहको शीर्ष स्थानमा इक्वेडरसँग बराबरी गरेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक कतारमाथि दक्षिण अमेरिकी टोली इक्वेडरले २–० को जित हासिल गरेको थियो ।
समूहको दोस्रो खेलमा शुक्रबार नेदरल्यान्ड्सले इक्वेडर तथा सेनेगलले आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछन् ।
अमेरिका र वेल्सको खेल बराबरीमा सकियो
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् ।
कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो ।
यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन् ।
विश्वकप फुटबलः बेलाइतले इरानलाई छ गोलले हरायो
आइतबारदेखि यहाँ प्रारम्भ भएको फिफा वल्र्डकप समूह ‘ख’अन्तर्गत आज बेलाइत र इरानबीच भएको खेलमा बेलाइत विजयी भएको छ । इरानलाई दुईका विरुद्ध छ गोलले पाखा लगाउँदै बेलाइत विजयी भएको हो ।
जुड बेलिङघम र बुकायो साकाले बेलाइतलाई पहिलो हाफमा दुई शून्यको अग्रता दिलाएका थिए । ह्यारी केनको पासमा रहिम स्टर्लिङले अर्को गोल गरेर इरानलाई स्तब्ध पारे ।
दोस्रो हाफमा मार्कस रासफोर्ड, बुकायो साका र ज्याक ग्रेलिसले एक एक गोलको योगदान गरे । बेलाइतका खेलाडीले आफूहरुलाई डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टी प्रहारले इरानलाई लज्जास्पद पराजयबाट जोगायोे । इरानका खेलाडी मेधी तरेमीले खेलको उत्तराद्र्धमा गरेको सफल पेनाल्टी प्रहार र अतिरिक्त समयमा गरेको अर्को गोलले इरान दुई गोलमा सीमित रह्यो ।