आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

डाेटीमा भूकम्पमा परी घाइते भएका सातजनालाई सेनाले गर्‍याे उद्धार

बुधबार, कार्तिक २३ २०७९

काठमाडौं, २३ कात्तिक

नेपाली सेनाले डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा भूकम्पमा परी घाइते भएका सातजनालाई उद्धार गरेको छ ।

बुधबार बिहानदेखि भैरव प्रसाद गणबाट खटिएको उद्धार टोली तथा अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटी पठाएको सेनाले जनाएको छ ।

सेनाका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि श्री पश्चिम एयर बेस सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको छ । उक्त गणबाट प्राप्त राहत सामग्रीहरु र जिल्ला रेडक्रस सोसाइटी डोटीसँग समन्वय गरी प्राप्त भएका उद्धार तथा राहत सामग्रीहरु गणबाट खटिएका टोलीले घटनास्थलसम्म पुर्‍याई वितरण गरेको सेनाले जनाएको छ।

मंगलबार मध्यराति र बुधबार बिहान गएको ६.६ रेक्टर स्केलको भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार