आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

२५ किलो गाँजासहित एक जना पक्राउ, दुई जना फरार

मंगलबार, कार्तिक २२ २०७९

बारा, २२ कात्तिक
प्रहरीले २५ केजी गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका-१२ बारथलीका प्रेमबहादुर लो लाई पक्राउ गरी सार्वजनिक गरेको हो ।लो सहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै गर्दा फरार भएका थिए । तर, लो भने पक्राउ परेको हुन् । बाँकी दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।उनीहरूले बोकेर ल्याएको तीन वटा बोरामा क्रमश ७, ७ र ११ किलो गरी २५ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार