बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अल्ट्रा म्याराथनको प्रमोशनल रेश शुरु

आइतबार, असार २९ २०७६

सिञ्जा(जस)–आगामी भदौ २९ गते हुने जुम्ला रारा अल्ट्रा म्याराथुनको प्रमोशनल रेस आइतबारदेखि शुरु भएको छ । जुम्ला खलङ्गादेखि मुगुको रारा ताल हुटुसम्मको ४९ किलोमिटरको दौड प्रतियोगिता दोस्रो पटक भएको हो । प्रमोशनल रेसमा जुम्ला राराको म्याराथन भइरहेको छ भने पाँच किमीको म्याराथन जुम्ला बजारमा सम्पन्न भइसकेको छ । जुम्लादेखि रारासम्म भइहेको प्रतियोगिताको नतिजा साँझसम्म आउनेछ ।
पाँच किमीको दूरी २७ मिनेट ५० सेकेन्ड १० पल अवधिमा पार गर्दै महिलातर्फ जुम्ला हिमा गाउँपालिकाकी १३ वर्षीया हिमाली शाही प्रथम भइन् भने २२ मिनेट ५२ सेकेन्ड ४१ पलमा पार गर्दै पुरुषतर्फ चन्दननाथ नगरपालिकाका विनोद सुनार प्रथम भए । महिलातर्फ निरु रावत द्वितीय, अस्मिता सुनार तृतीय र निशा रावत चतुर्थ भए । त्यस्तै पुरुषतर्फ विवेक बुढा, प्रेम रावत र मदन बुढा क्रमशः द्वितीय, तृतीय र चतुर्थ भए ।
पाँच किमीको दूरीको प्रतियोगितामा ८५ जनाले भाग लिएका थिए भने ४९ किमीको जुम्ला राराको प्रतियोगितामा २० जना सहभागी छन् । पुरस्कार वितरण आइतबार अपराह्न रारा तालमा हुने आयोजक संस्था कर्णाली स्पोर्टस क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । यस वर्ष अक्टोबरमा अन्नपूर्णमा पहिलो पटक गोल्डेन ट्रेल वल्र्ड सिरिज हुँदैछ जसको क्वालिफाइड रेस जुम्ला रारा अल्ट्रा म्याराथन हो । भदौमा हुने दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुने तीन तीन महिला र पुरुष अन्नपूर्ण गोल्डेन ट्रेल वल्र्ड सिरिजमा सहभागी हुन पाउनेछन् । सो म्याराथनमा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका प्रतियोगिी सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार