आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

उपराष्ट्रपति पुनद्वारा हाप्किडो खेलाडी एबं प्रशिक्षक भुवन बुढा मगर ‘राष्ट्रिय खेलाडी सम्मान २०७९´बाट सम्मानित

आइतबार, कार्तिक ६ २०७९

काठमाडौं – हाप्किडो खेलाडी एबं प्रशिक्षक भुवन बुढा मगर ‘राष्ट्रिय खेलाडी सम्मान २०७९´बाट सम्मानित भएका छन । शनिबार फोकस नेपालले काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसरमा शुभकामना बिशेष सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्ले संयुक्त रुपमा भव्य समारोहका बीच बुढा मगरलाई सम्मान गर्नु भएको हो ।

रुकुममा जन्मिएका बुढा मगर विगत १ दशक देखी खेल क्षेत्रमा सकृय रहेका छन । उपराष्ट्रपतिको हातबाट सम्मान ग्रहण पाउँदा आफूलाई गर्व महशुस भएको खेलाडी मगरले प्रतिक्रिया दिए । भुवन बुढा मगर हाप्किडो खेलाडी साथै खेल प्रशिक्षक पनि हुन । साबिकको मोराबाङ ८ झुम्लाबाङ रुकुम र हाल भुमे गाउँपालिका ३ रुकुम पुर्व स्थायी ठेगाना भएका बुढा मगर विगत एक दशक देखी खेल क्षेत्रमा अत्यन्तै सकृय छन । मगर नेपाल मार्शल आर्ट्स हाप्किडो संघबाट ५ डान उपाधी प्राप्त अब्बल खेलाडी हुन । दाङ मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष रहेका मगर नेपाल मार्शल आर्ट्स हाप्किडो संघको प्रमुख प्रशिक्षक समेत भई सकेका छन । रोल्पा परिवर्तन गाउँपालिकाद्धारा आयोजित सहिद स्मृति राष्टिय हाप्किडो प्रतियोगितामा स्वर्ण पदक जितेका भुवन बुढा मगरले काठमाण्डौंमा सम्पन्न चौथो राष्ट्रिय हाप्किडो प्रतियोगितामा समेत स्वर्ण पदक जित्न सफल भएका थिए । त्यसैगरि उनले भारतको नयाँ दिल्लीमा सम्पन्न दोस्रो साउथ एसियन हाप्किडो प्रतियोगिता, माण्डबी गाउँपालिका प्युठानमा आयोजित पाचौं राष्ट्रिय हाप्किडो प्रतियोगिता र बेल्कोटगढी नगरपालिकामा भएको छैठो राष्ट्रिय हाप्किडो प्रतियोगिता उपमेयर कप तथा सहिद स्मृति कप अन्तर्गत आयोजित प्रतियोगितामा समेत स्वर्ण पदक जितेका छन । त्यसो त उनी नेपाल मार्शल आर्ट्स हाप्किडो संघ केन्द्र र ग्लोबल हाप्किडो संघ अमेरिकाद्वारा पोखरामा आयोजित प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्ट्स हाप्किडो सेमिनार माझ उत्कृष्ट प्रशिक्षक घोषित हुदै सम्मानित भैसकेका थिए । फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेनापति राजेन्द्र क्षेत्रीलगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थित थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि बिशेष सम्मान सहित संस्कृति झल्कने पञ्चेबाजा गीत सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार