शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बाढी पहिरोको घटनाप्रति पूर्वराजाद्वारा दुख व्यक्त

आइतबार, असार २९ २०७६

काठमाडौं । निरन्तरको बर्षाले देशका धनजनको क्षति भएको छ । हालसम्म बाढी पहिरोमा परि ५० जनाको मृत्यु भईसकेको छ भने हजारौँ मानिसहरु बिस्थापित भएका छन् । यसबीच पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् ।

आईतबार एक विज्ञप्ति जारी गर्दै उनले मृतकहरुमा श्रद्धाञ्जली अर्पण गर्दै बिपत व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्नु पर्ने बताएका छन् । उनले यस्तो विपतको घडीमा ‘तिम्रो र मेरो’ भन्ने संकीर्ण सोच छोडेर त्यसभन्दा माथि उठेर सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार