गोरखा – गोरखा जिल्लाको ऐतिहासिक भुमी भिमसेन थापा गाउँपालिका वडा नं ८ महादेवटारमा नेपालीहरूको महान चाड शुभ-दिपावलीको अवसर पारेर महादेव शान्ति युवा क्लवले तेश्रो महादेवटार कप आयोजना गरेको छ। आयोजना २०७९ कार्तिक १२ गते बाट सन्चालन हुने आयोजकले जनाएको छ । खेलहरु सबै महादेवटार खेल मैदानमा हुनेछ ।प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाख रुपैया,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो हुनेले नगद रु पचास हजार रुपैया,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृस्ट खेलाडि र उत्कृस्ट गोलकिपर लाई समेत उचित पुरस्कारको ब्यबस्था गरियको छ।