शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

विप्लवकी सोलुखुम्वु जिल्ला सेक्रेटरी पक्राउ

शुक्रबार, असार २७ २०७६

चितवन । राजधानीमा अाएर नेकपाका अध्यक्ष प्रचण्डकाे हातबाट अबिर र खादा लगाउन अाउने क्रममा विप्लव समूहकी सोलुखुम्वु जिल्ला सेक्रेटरी शिवा खड्का ‘वीरता’ लाई प्रहरीले चितवनको ज्योतिनगरबाट पक्राउ गरेको छ । बिहिवार अपरान्ह नेकपा अध्यक्ष प्रचण्डकाे १ नं. प्रदेशमा सक्रिय विप्लव समुहका नेता तथा कार्यकर्ता प्रवेश कार्यक्रममा अन्य प्रवेशीहरूका साथमा उनकाे नाम पनि समावेश थियाे ।

उनका पति भने राजधानी अाएर सत्तारूढ दल नेकपामा प्रवेश गर्न भ्याए भने अाजै राजधानी अाएर उनीपनि पतिसँगै विप्लव समुह परित्याग गर्ने कार्यक्रम रहेकाे थियाे । लुकिछिपि बसेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं.२६ ज्योतीनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए ।

सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं.२ खाल्पा माईती घर भएकी खड्का २०७१ साल मंसीर ८ गतेदेखि उक्त समूहमा सक्रिय रहँदै आउनु भएको थियो । उहाँ पार्टीको महिला केन्द्रीय सदस्य, कोशी व्युरो संयोजक हुँदै विगत एक वर्षदेखि सोलुखुम्बु जिल्लाको सेक्रेटरी भई काम गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकी खड्कासँग थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार