काठमाडौं । कतारमा आयोजना हुन गईरहेको २०२२ फिफा वर्ल्डकप अवधिभरि कुनै पनि देशका नागरिकहरु कतार प्रवेश गर्न नपाउने सूचना जारी गरेको छ ।
कतारको आन्तरिक मामिला मन्त्रालयले विभिन्न देशका समुदायका प्रतिनिधी र पत्रकारहरुलाई आमन्त्रण गरी सबै माझ जानकारी गराएको बारेमा गैर आवासीय नेपाली संघ राष्ट्रि«य समन्वय परिषदका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।


कतारको आन्तरिक मामिला मन्त्रालयले पत्रकार सम्मलेनमा जानकारी दिए मुताविक फिफा वल्र्डकप २०२२ को खेल हेर्ने टिकट सहित हया कार्ड बनाएका यात्रु बाहेक २०२२ नोवेम्बर १ देखि डिसेम्बर २२ सम्म भिजिट भिसामा कतार जानुको लागि पुर्ण प्रतिबन्ध लगाएको र हया कार्ड भएका पर्यटकहरु २०२३ जनवरी २३ सम्म मात्र कतारमा रहन पाउने कुरा कतारको आन्तरिक मामिला मन्त्रालयले आज विभिन्न देशका समुदायका प्रतिनिधि र पत्रकारलाई आमन्त्रण गरी सूचना जारी गरेको छ
https://www.facebook.com/100001470402874/videos/pcb.5555476321177993/805535570774507