सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

वरिष्ठ उपाध्यक्ष ढकाल ‘सुकीर्तिमय राष्ट्रदीप पदक’बाट विभुषित

सोमबार, असोज ३ २०७९

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई सरकारले सुकीर्तिमय राष्ट्रदीप पदक प्रदान गर्ने भएको छ ।ग्लोबाल आइएमई बैंकका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकाल संविधान दिवसका अवसरमा ‘सुकीर्तिमय राष्ट्रदीप पदक’बाट विभूषितका लागि सिफारिस भएका हुन् ।

बागलुङ अमलाचौरका ढकाललाई संविधान दिवसको अवसरमा सरकारले उक्त पदक दिने घोषणा गरेको हो । यस्तै सुकीर्तिमय राष्ट्रदीप पदकबाट पशुपति मुरारका विभूषित हुने भएका हुन् । यसका साथै यो पदकबाट महानायक राजेस हमाल, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, कलाकार निर शाह, हरिवशं आचार्य, मदन कृष्ण श्रेष्ठ लगायत १७ जना विभुषित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार