सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

भैंसेपाटीको हिरासतबाट ३ कैदी भागे

मंगलबार, असार २४ २०७६

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना कैदी भागेका छन् ।

उनीहरु सोमबार राति ग्रिल उप्काएर भागेका हुन् ।

भागेकामध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका कैदी छन् । उनीहरुको नाम खुलाइएको छैन ।

ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले घटनाको पुष्टि गर्दै फरार भएकाहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार