बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

फाइनल प्रवेशका लागि विश्वकप सेमिफाइनल आज भारत र न्युजिल्याण्डबीच रोमान्चक भिडन्त हुने

मंगलबार, असार २४ २०७६

गाउँ बेशी – २०७६, २४ असार मंगलवार ०८:१६13

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुदै छ । पहिलो सेमिफाइनलमा भारत र न्युजील्याण्डबीच नेपाली समय अनुसार सवा ३ बजे यो खेल हुने छ ।

भारत लिग चरणमा शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । लिग चरणका ९ खेलमा ७ जित एक हार र एक बर्षाले रद्ध हुदा १५ अंक हासिल गर्दै भारत सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै न्युजील्याण्ड भने चौथो स्थानमा रहदै सेमिफाइनलमा खेल्न लागेको हो । न्युजील्याण्डले विश्वकपको सुरुवातमा राम्रो खेलेपनि अन्तिमका तीन खेलमा लगातार हार बेहोरेपनि पाकिस्तानसँग अंक बराबर भएपनि रनरेटका अधारमा न्युजील्याण्ड सेमिफाइनलमा पुगेको हो । न्युजील्याण्डले ९ खेलमा ५ जित ३ हार र एक वर्षाले रद्ध हुदा ११ अंक हासिल गर्दै सेमिफाइनलमा पुगेको हो ।

यस विश्वकपमा भारत र न्युजील्याण्ड विश्वकपको इतिहासमै पहिलो पटक सेमिफाइनलमा खेल्न लागेका छन् ।

प्रमुख खेलाडीको कुरा गर्दा भारतका लागि रोहित शर्माले ५ शतकसहित ६४७ रन बनाएका छन् । रोहितलाई रोक्नुनै न्युजील्याण्डको प्रमुख चुनौती हुने देखिन्छ । साथै भारतको ओपनिङ जोडी रोहित र केएल राहुलनै न्युजील्याण्डको प्रमुख चुनौती हुने सजिलै अनुमान गर्न सकिन्छ । दुवैले यस विश्वकपमा १८९ र १८० रनको गरी दुई ठुला साझेदारी गरिसकेका छन् । उत्कृष्ट फर्ममा रहेका रोहितलाई राहुललके राम्रो साथ दिएका छन् भने भारतीय कप्तान विराट कोहलीले पनि यस विश्वकपमा अहिलेसम्म ५ अर्धशतकसहित ४४१ रन बनाएका छन् ।

त्यस्तै भारतीय बलर जसप्रित बुमराह यस विश्वकपमा निकै प्रभावकारी देखिएका छन् । उनले धेरै विकेट नलिए पनि उनले दिएको ब्रेकथ्रुले खेलको स्थिति परिवर्तन गरेको यस विश्वकपमा धेरै खेलमा देखिएको छ । अहिलेसम्म १७ विकेट लिएका बुमराह न्युजील्याण्डका ब्याट्सम्यानका लागि खतरनाक हुनसक्ने देखिन्छ । त्यस्तै भारतका लागि यस विश्वकपमा राम्रो गरेका अर्का बलर हुन् मोहमद सामी । ह्याट्रिक समेत लिएर नयाँ रेकर्ड बनाएका सामीले केबल चार खेलमा १४ विकेट लिएका छन् ।

न्युजील्याण्डको लागि यस विश्वकपमा प्रमुख चिन्ताको विषय उनीहरुको ओपनर ब्याट्सम्यान रहेको छ । ओपनर मार्टिन गप्टिलले जम्मा २३ को औसतले ८ खेलमा १६६ रन मात्र बनाएका छन् भने अर्का नियमित ओपनर समेत न्युजील्याण्डले खेलाउन सकेको छैन ।

यस्तोमा न्युजील्याण्ड कप्तान केन विलियम्सन र रोज टेलरमा बढी भर परेको देखिन्छ । विलियम्सनले उत्कृष्ट खेल्दै २ शतक र एक अर्धशतकसहित ४८१ रन बनाएका छन् भने टेलरले २ अर्धशतक बनाएपनि महत्वपूर्ण खेलमा राम्रो खेल देखाउन सकेका छैनन् । टेलरले ८ खेलमा २६१ रन बनाएका छन् ।

त्यस्तै न्युजील्याण्डका लागि बलर लुकी फर्गुसनले राम्रो बलिङ गरेका छन् । १७ विकेट लिएका लुकीले भारतीय ब्याट्सम्यानलाई खासगरी ओपनरलाई मुश्किलमा पार्न सक्छन । त्यस्तै ट्रेन्ट बोल्टले पनि निरन्तर राम्रो बलिङ गरेका छन् । १५ विकेट लिएका बोल्ट पनि भारतीय ब्याट्सम्यानमाथि हावी हुनसक्छन । त्यो बाहेक न्युजील्याण्डका लागि अलराउन्डर जिम्मी निशामले रम्रो प्रदर्शन गरेका छन् । २०१ रन समेत बनाएका निशामले ११ विकेट समेत लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार