शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

मन्त्रीपरिषदको आकश्मिक बैठक बालुवाटारमा जारी

मंगलबार, असार २४ २०७६

काठमाडौं, २४ असार । मन्त्रीपरिषदको आकश्मिक बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुन मन्त्रीहरु बिहान बालुवाटार पुगेका हुन् ।

सोमबार दिउँसो चारबजे मन्त्रीपरिषदको बैठक बसेको थियो । त्यसपछि राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले पुनः मंगलबार बिहानका लागि बैठक बोलाएका हुन् ।

मन्त्रीहरुलाई बिहानको खानको व्यवस्था बालुवाटारमै गरिएको जनाइएको छ । बैठकमा छलफल हुने विषय भने खुलाइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार