शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बीरगंजमा यसरी फोटोमा पूजा गरेर मनाए उनका समर्थकले पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सव (फोटोफिचर)

सोमबार, असार २३ २०७६

प्रणय कुमार
बीरगंज २३ असार÷ पुर्व राजा ज्ञानेन्द्र शाहको ७३ आंै जन्मोत्सव आज एक समारोहका बीच बीरगंजमा पनि मनाइएको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले बीरगंजको घण्टाघरमा आयोजना गरेको माल्यार्पण कार्यक्रमका प्रमुख अतिथी जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष एवं राष्ट्रवादी पशुपति बिक्रम शाहले पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहको तस्बिरमा माल्यार्पण गर्दै अहिले परिवेशमा राजाबिना यो देश चल्न नसक्ने ठोकुवा गर्नुभयो । वहाँले घरमा अभिभावक नभएपछि परिवारहरु टुहुरो हुन्छन त्यस्तै यो देशका जनताहरु राजा बिना टुहुरो भएको बताउनु भयो । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतमा आयोजित कार्यक्रममा महिला समाजसेबी उषा शाह, राष्ट्रिय नागरिक संघर्ष समिती बारा अध्यक्ष महमद सतार अंसारी, राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरई, नगर अध्यक्ष उपेन्द्र चौरसिया, साहित्यकार अरुण बिक्रम शाह, बिगा मुखिया, रामअयोध्या राउत कुर्मी लगायत राष्ट्रिवादी, सर्वसाधारण, पत्रकार लगायतकाको उपस्थिती रहेको थियो । त्यसैगरी पूर्व राजा शाहको दिर्घायु कामनाका लागि गहवामाई मन्दिरमा पुजा आराधना गरिएको प्रेस संयोजक प्रणय कुमारले बताउनु भयो । पुर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा सरोकार मंचले लड्डु समेत बाँडेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार