काठमाडौं(जस– राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुने भएका छन् । केशवकुमार बिष्टको ४ वर्षे कार्यकाल असार ९ गते पूरा भएपछि राखेप सदस्य सचिवको पद रिक्त थियो । प्रधानमन्त्री केपी ओलीका निकट मानिने सिलवालले मंगलबार पदभार ग्रहण गर्ने श्रोतले बतायो । राजधानीको गोल्डेन गेट कलेजका सिईओ सिलवालले यसअघि क्रिकेट संघमा रहेर काम गरिसकेका छन् । उनी उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्षसमेत हुन् ।