आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध

आइतबार, फाल्गुन १५ २०७८

किभ (रासस÷सिन्ह्वा) / युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ । युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गर्नु भएको समाचारमा जनाइएको छ ।

“अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,” उहाँले भन्नुभयो ।

उहाँले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेबारी निर्वाह गर्न युक्रेन तयार छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार