सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एनआरएनएमा सार्थक बार्ताले मात्र निकास दिन सक्छ

शनिबार, मंसिर २५ २०७८

ब्रह्माण्ड विज्ञान(Cosmology) ब्रह्माण्डको कालक्रमको अध्ययनसंग सम्बन्धित खगोल विज्ञान को एक शाखा हो। भौतिक ब्रह्माण्ड विज्ञान ब्रह्माण्डको उत्पत्ति, यसको ठूला-ठूला संरचनाहरू र गतिशीलता र यी क्षेत्रहरूलाई संचालन गर्ने भौतिक विज्ञानका नियमहरू सहित ब्रह्माण्डको उत्पत्तिका कारण देखि अन्त्य हुने प्रक्रियासम्मको अध्ययन हो। ब्रह्माण्ड सदैब गतिशील छ र यो आफ्नै भौतिकी नियमहरुको प्रक्रियाले संचालित छ। यसको संचालनमा पनि अणुहरुको सम्बन्ध र बिच्छेद,न्युट्रोन र प्रोटोनको द्वन्दमा न्युक्लियस चक्रको निर्माण, आकर्षण र विकर्षण,उत्पत्ति र बिनास,नकारात्मक र सकारात्मक लगायत बिपरित शक्ति द्वन्दको महत्वपुर्ण योगदान रहेको हुन्छ। यिनै रासायनिक प्रक्रियाले गर्दा एक बस्तुले अर्कोमा आफ्नो रुप बदल्छ। बस्तु सक्तिमा र सक्ति बस्तुमा रुपान्तरित हुन्छ।
ब्रह्माण्डमा दुई शक्तिको बिचमा उत्पत्तिकाल देखि नै खिचातानी चलिरहेको छ। ति दुई शक्ति बिच हुने संघर्ष नै सृष्टिका हरेक कुराको उत्पत्ति,बिकास,रुपान्तरण र विनासका कारण हुन्। कस्मिक क्रान्तिमा सुपर्नोभा एक त्यस्तो ब्रमाण्डिय प्रक्रिया हो जसले निहारिका अथवा आकास गङ्गाहरुको सृजना गर्छ। त्यस प्रक्रियामा हजारौं वा लाखौँ ताराहरुको निर्माण हुन्छ। कस्मिक हुण्डरीको बिचबाटै सृजित गुरुत्व आकर्षण तरंगद्वारा ग्याँस बादलको केन्द्रीकरण सुरु हुन्छ र त्यसको घनत्वले क्रमश ताप र प्रकासको सृजना गर्छ। जसबाट निश्चित आकारमा ताराहरु निर्माण हुन पुग्दछन। ग्याँसको बादलले आँफ्नो रुप फेरेर ताप र प्रकासयुक्त ताराको रुप लिन्छ। त्यसैले ग्याँस बादल नै ताराको कच्चा पदार्थ हो।
तर तिनै ताराहरु र ग्याँसको बिच एक असिमित गुरुत्वबल र सक्ति भएको विध्वंसक कालो चक्रपात पनि हुन्छ। त्यसले सृष्टिका हरेक निर्माणलाई समाप्त पार्दछ। प्रकाश समेत त्यहाँबाट उम्कन सक्दैन। त्यहाँ समय चक्र रोकिन्छ। त्यसलाई बैज्ञानिकहरुले ‘ब्ल्याक होल’ नाम दिएका छन्। त्यसैले ब्रमाण्डको शुरुवात देखि नै यसका हरेक आयामहरुमा सृजना र बिनासको चक्र चलिरहेको छ।
बिसाल कस्मिक चक्रपातको बिनास बाहेक ग्याँस बादलका गुम्बजभित्र हुने साना भुमरीहरु सृजनात्मक हुन्छन। छरिएका बादलहरुलाई गुरुत्व तरंगको सहायताले बटुलेर संघन ग्यासको गोला बनाउने कार्यबाट नै ताराहरुको निर्माण भएको हो। त्यसमा पनि बस्तुको पुरानो स्वरुपको रुपान्तरण हुन्छ। पुरानो भौतिक स्वभाव र प्रक्रिया रुपान्तरण गर्ने मुख्य माध्याम बस्तुहरुबिच हुने बिपरित स्वभावको अन्तरक्रियात्मक संघर्ष हो। अन्तरक्रियात्मक संघर्ष सानो परिणाममा रहुन्जेल सृजनात्मक र नियन्त्रित हुन्छ। तर त्यो बिपरित बिचको संघर्षले असिमित रुप धारण गर्यो भने त्यसको नियन्त्रण हुन असम्भव हुन्छ। त्यो विधिको असिमितताले सृष्टिका सबै सृजना खान थाल्दछ। त्यसले सृजनात्मक रुप बदलेर बिनासको रुप लिन्छ।
समाज बिकासमा पनि धेरै हदसम्म त्यहि भौतिक नियम लागु हुन्छ। स्वयम् ब्याक्ति,परिवार वा मानबले सृजना गरेको समाजभित्र पनि खगोलको त्यहि भौतिकी नियम लागु हुन्छ। हाम्रा सबै सारीरिक तत्वहरु खगोलिय तत्वबाट निर्माण भएका हुन्। खगोलीय परिघटनाका गुण दोष,प्रकृयात्मक चक्र र भौतिक स्वभावमा अन्तर्निहित सृजनात्मक तथा विध्वंशात्मक रुझान स्वयं हामीभित्र हुनु स्वाभाविक हो।
सृजनात्मक शक्तिले कला र सुन्दरताको साथ सकारात्मक रचनामा आफ्नो उर्जा खर्च गर्छ भने बिनासक सक्तिले हरेक रचनाको बिलय गराउंदै प्रलयको घोषणा गर्दछ। त्यस अर्थमा सृष्टिको सुन्दरतालाई बचाउने,सामाजिक बिकासमा जैविक एकताको लागि प्रतेकले हरेकको सम्मान गर्ने र प्राकृतिक सन्तुलनको लागि निरन्तर लागि रहने प्रेरणा नै हामि भित्र भएको सकारात्मक उर्जाको स्रोत हो। जसलाई हामीले पहिचान गरेर पनि लागु गर्न सकिरहेका हुँदैनौं।
भौतिक पदार्थ र उर्जाका दुई भिन्न स्वरुपलाई मानब संचालित सामाजिक प्रणाली मार्फत पनि बुझ्ने प्रयास गरिएको छ। मानव समाजमा बिध्यमान प्रवृतिको कुरा गर्दा ‘ब्ल्याक होल’ जस्तो आत्मा केन्द्रित प्रवृतिलाई समाज ब्याबस्थाको एक नियमले प्रतिनिधित्व गरेको हुन्छ। जसलाई एकात्मक पुजीबादी आर्थिक प्रणाली भित्रको ब्याक्तिबादी सामाजिक ब्याबस्था भनिन्छ। त्यस्तै मानिसमा आफ्नो हितलाई केन्द्रमा राख्ने प्रवृतिको बिरुद्ध अर्को प्रतिक्रियात्मक तरंग पनि छ। संघर्ष एकता र रुपान्तरणको प्रक्रियाबाट त्यहि अभ्यासले सुन्दर ताराहरुको सृजना गर्छ। समाज ब्याबस्थामा त्यो नियम बढी मानबताबादी र सृष्टि सापेक्ष हुन्छ। त्यो समाज बिकासमा समुदायको हित सापेक्ष हुन्छ। त्यसलाई अर्को एक आर्थिक सामाजिक प्रणालीले प्रतिनिधित्व गर्छ। जसलाई समाजबादी प्रणाली भनिन्छ।
यी दुवै प्रणालीमा आर्थिक ढाँचा पनि सोहि अनुसार बिकास गरिएको हुन्छ। पुँजीबादमा नाफालाई मानबिय मूल्य भन्दा माथि राखिएको हुन्छ भने समाजबादी आर्थिक प्रणालीमा उपयोगीताको आधारमा गरिने समान वितरण प्रणालीलाई सबैभन्दा माथि राखिएको हुन्छ। एउटा पक्ष उपभोगको निजि स्वतन्त्रतालाई नियन्त्रण गर्नु हुँदैन भन्छ भने समाजबादी पक्षले जिबन जगतमा एक ब्याक्तिले खाना बढी भएर फ्याँक्छ र अर्को ब्याक्ति खाना नपाएर भोकले मर्दछ भने त्यसलाई मानबिय अपराधको रुपमा स्वीकार्छ। समाजबादी ब्याबस्थामा एउटा ब्याक्ति बैंकमा अथाह दौलत थुपारेको छ र अर्को ब्याक्ति आर्थिक अभावमा उपचार नपाएर मर्छ भने त्यसलाई सामाजिक तथा मानबिय अपराधको रुपमा स्विकारिन्छ। यो सबै सोचको स्रोत मानसिक मात्र हैन भन्नेमा बैज्ञानिकहरुले समेत बहर गर्ने गरेका छन्।
त्यसैले सामाजीक संस्था वा राजनैतिक पार्टी भित्र पनि एक प्रवृति सकारात्मक एकताको पक्षमा हुन्छभने अर्को पक्ष सामाजिक नियतको बिपक्षमा हुन्छ।
उदाहरणरुपमा अहिले बिबादको चरम संकटबाट गुज्रीरहेको एनआरएनए संस्थालाई लिन सकिन्छ। सन् २००३ मा स्थापित एनआरएनए निर्माण त्यति बेलाको आबस्यकताले बनाउनु पर्ने अबस्था सृजना भयो। रसियामा राजनैतिक परिघटना र त्यसले निम्त्याएको आर्थिक मन्दीबाट पुर्व सोभियत संघमा बसोबास गरेका केहि नेपाली व्यापारीहरुकोबीच कारोबारको लागि बाध्यता वा रहर जेले भन्नुस,संजालको आबस्यकता जन्मियो। भनिन्छ,त्यतिबेला ति ब्यापारीहरुको लागि सामाजिक स्वार्थ गौण थियो। पछि जब बेलायतबाट राष्ट्रिय समन्वय परिषदको बिस्तार हुन थाल्यो। त्यसपछि मात्र एनआरएनए अभियानले मानबिय समबेदना,सामाजिक मानसिकता र मुलुकसंग जोडिनको लागि राष्ट्रिय सम्बेदनशिलताका तरंगहरुलाई आँफु भित्र समाहित गर्न थालेको हो।
तर पनि एनआरएनए भित्रको मूल प्रवृति सामाजिक भन्दा व्यापारिक, मानबिय भन्दा नाफामुखी र केन्द्रिकृत नै रहन गयो। यो सामाजिक व्यापारिक संस्थाको अहिलेसम्मको अबस्था हेर्दा पनि अबस्था झन्डै झन्डै त्यहि नै देखिन्छ। आफ्नो नेतृत्वको आदर्श पक्ष,सामाजिक र उच्च लोकतान्त्रिक मान्यता भन्दा आफ्नो व्यापारिक मिसन स्वार्थलाई नेतृत्वका केहिले कुनै हालतमा आफ्नो नियन्त्रण बाहिर जान दिने पक्षमा छैनन्। भनिन्छ,अहिलेको नेतृत्वको नियन्त्रण जसले गरिरहेका छन् उनिहरुको पाइप लाईनमा झन्डै दर्जन कम्पनीहरुको चाङ्ग छ। कोरोना महामारी,अनुकुल राज्य संयन्त्रको अभाव र च्यानलको अभावमा ति कम्पनीले पूर्णता पाउन नसकिरहेको बर्तमान अबस्थामा दृश्य अदृश्य नेतृत्व गरेकाहरुले एनआरएनए अझै आफ्नो नियन्त्रणमै राख्न चाहेका हुन्। समस्या यहि आर्थिक स्वार्थको वरिपरि नै देखिन्छ। अहिलेको दुई पक्षीय द्वन्दको चुरो कुरा आन्तरिक रुपमा यसैको वरिपरि जेलिएको छ।
देखाउनलाई अनेकथरी कुरा देखाइएको छ तर अहिलेको द्वन्दको केन्द्र बिन्दू त्यहि व्यापारिक स्वार्थ र सामाजिक रुझान बीचको हो। पाइप लाइनमा रहेका कम्पनीहरुको दर्ता,एनआरएनएका व्याक्तिहरुको विवरण प्रयोग र आर्थिक संकलन तथा स्थानान्तरणको प्रक्रिया केहि पुरा हुँदैछन् केहि मध्यम चरण र केहि शुरुवाती चरणमा। कम्पनीका लाइसेन्स बटुल्ने आर्थिक स्वार्थले नेतृत्वको सहज र पारदर्शी हस्तान्तरणलाई मिच्ने अहिलेको अबस्था देखिएको हो।
अहिले जान अन्जानमा राष्ट्रिय समन्वय परिषदहरुलाई अलिक घोच्ने काम भएको छ। अष्ट्रियाका एनआरएनए अध्यक्ष भवानी तिवारीलाई नै कुमार पन्तले मनोनित गरेर प्रतिनिधि बनाउनु पर्ने अबस्था प्रतिनिधी चयनमा भएको धाँदलीको घिन लाग्दो अबस्था हो। यो देखेर निर्वाचन आयोगका आयुक्तहरु अवाक बने। नेपालीहरु बर्तमान नेतृत्वलाई देखेर थुक्ने अबस्थामा पुगे। लाजको के कुरा गर्नु,जित्नको लागी कति हदसम्म अनियमितता गरिएको रहेछ त्यसको ज्वलन्त उदाहरण हो यो। त्यसैले भनेको राष्ट्रिय समन्वय परिषदलाई केन्द्रका केहि संस्थागत अपराधिहरुले अपमानित गरेका छन।
हामीले सामाजिक समबेदना भएको राष्ट्रिय समन्वय परिषदको स्वायत्ततालाई कम आँक्नु हुदैन। यी परिषद आफ्नै बित्तिय प्रणाली,बैधानिक र कानुनि ब्याबस्थाले संचालित छन्। यिनीहरुसँग केन्द्रले पारपाचुके गर्न सक्ला तर बिघटन गर्न उसको औकात पुग्दैन। चाहे कानुनि,सामाजिक वा प्राबिधिक रुपले भनौँ,केन्द्रका कुनै माइकालाललाई राष्ट्रिय समन्वय परिषद खारेज गर्ने कुनै प्रकारको हैसियत कदापि पुग्दैन।
भन्नै पर्छ,माथिल्लो तहका व्यापारीहरुको निहित व्यापारिक स्वार्थ र राष्ट्रिय समन्वय परिषदमार्फत आबद्ध भएका हजारौं प्रवासी नेपाली मजदुरहरु बिचको द्वन्द नै एनआरएनए भित्र हुने मुख्य अन्तरसंघर्ष हो। यो संघर्ष मुख्यतया आइसीसी र एनसीसीकाबिचको यस्तै खाले स्वार्थको टकराव हो। नियत र रुचिहरु बिचको छिनाझप्टि हो। यसमा केहि राजनैतिक रुचिहरु पनि छिरेका होलान,त्यो यसको सहायक पक्ष हो।
अहिलेको चरम द्वन्दको अबस्था तात्कालिक रुपमा आएको हैन। यो संस्थाको शुरुवाती काल देखि नै व्यापारिक रुचि प्रधान बनेर आयो भने राष्ट्रिय समन्वय परिषद मार्फत सामाजिक रुचि पनि क्रमश आएका हुन्। भुकम्प पछि लाप्राक बस्ति निर्माण लगायत राम्रा सामाजिक कार्यहरु भए,डोल्मा बचाउ अभियान स्थानिय दवाव र सहयोगद्वारा गरिएका उदाहरणीय मानबिय कर्महरु हुन् । केहि अन्य सामाजिक काम लगायत कोरोना महामारीमा भए गरेका मानबिय कार्यहरु सामाजिक रुपमा प्रकट भएका थिए। यी सबै कार्य राष्ट्रिय समन्वय परिषदको भावनाले गर्दा भनौं वा दवावले गर्दा सम्भव भएको हो। केन्द्रले त समन्वय गरेजस्तो गरेर खाली जस लिने काम मात्र गरेको हो। थोरै कोरोनाको मानबिय योगदानका केश्रा केश्रा पल्टाएर विश्लेषण गरौँ त त्यो आँफै थाह हुन्छ! जापान,चाइना,अफ्रिका,कोरिया,मध्यपुर्व र युरोप-अमेरिका सबैतिर कसको पहल प्रभावकारी थियो ? राष्ट्रिय समन्वय परिषदको पहल निर्णायक थियो भनेर सजिलै भन्न सकिन्छ नि,कि हैन र !
अन्त्यमा,अन्तरसंघर्षको परिणाम सँधै नकारात्मक पनि हुँदैन। सामाजिक रुझानका यी दुवै भिन्न प्रवृति बिचको अन्तरसंघर्षले गर्दा नै समाज बिकास अगाडी बढेको हो। अहिले यो संस्थामा देखा परेको अन्तरसंघर्ष यिनै सामाजिक प्रवृतिहरुहरुकै निरन्तरता हो।
मानिस चेतनशिल प्रणाली भएको हुनाले चलाख बन्नु स्वाभाविक हो। जीव जगतमा सबैभन्दा चलाख हुन खोज्नु मानिसको स्वाभाविक गुण हो। आर्थिक स्वार्थलाई मानबिय आधारले अधिनमा राखुन्जेल हरेक समस्याको समाधान सहजताका साथ हुनु पर्छ र हुन्छ पनि। यदि आफ्ना निजि मिसनहरु,स्वार्थका ब्याक्तिगत इच्छाहरु र अधीर महत्वाकांक्षाले मानिस जब चलाखबाट चुतिया बन्छ,त्यहींबाट सामाजिक बिनास,सभ्यताको बिनास र मानबिय सँस्था बिघटनको शुरुवात हुन्छ। मलाई मेरा एक मित्रले अघिल्लो हप्ता एनआरएनएको अन्तरबिरोधको समाधानबारे उपाए सोध्नु भएको थियो। उहाँलाई मैले एक शब्दमै जवाफ दिएको थिएँ,’ईच्छा शक्ति भएमा नेतृत्वले पारदर्शी बार्ताबाटै एनआरएनए भित्रको अन्तरविरोध समाधान गर्न सक्छ। यदी नेतृत्व संस्थाको एकीकृत गरिमा बचाउने सवालमा सकारात्मक सारको लागि चलाख बन्न सकेन र निजि स्वार्थको कारण चुतिया बन्ने बाटोमा गयो भने ‘राम राम’ मात्र भन्ने हो,अरु उपाय के छ र।’

प्रतिक्रिया
सम्बन्धित समाचार