मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सिप्रदी र टाटा मोटर्सद्वारा योग कार्यक्रम

शनिबार, असार ७ २०७६

काठमाडौं(जस)–अटोमोबाइल कम्पनी टाटा मोटर्स र टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङले अन्तर्रा्ष्ट्रिय योग दिवस २०१९ को अवसरमा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रमको भव्य आयोजना गर्दै दिवस मनाएको छ । सिप्रदीको पहलमा आयोजित कार्यक्रमलाई सिप्रदियन सहायता संस्था र टाटा मोर्टसले संयुक्त रूपमा सहयोग प्रदान गरेका थिए ।
अन्तर्रा्ष्ट्रिय योग दिवस उत्सव टाटा मोर्टसको अन्तर्रा्ष्ट्रिय कार्यक्रम हो र नेपालमा देशभर यो कार्यक्रमको आयोजना सिप्रदीले गरेको हो। कार्यक्रममा टाटा मोटर्स र सिप्रदीका वरिष्ठ अधिकारीहरूसहित सिप्रदीका कर्मचारीहरू, सिप्रदीका कर्मचारीका परिवारजन, ग्राहकहरू र क्षेत्रीय अधिकारिहरूको उत्साहजनक सहभागिता थियो । आधिकारिक योग प्रशिक्षकहरूले योग सत्रको आयोजना गरेका थिए । यो वर्ष आयोजना गरिएको योग दिवस उत्सव सिप्रदीले आयोजना गरेको तेस्रो संस्करण हो र पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगर अनि जोमसोमस्थित रहेका १६ वटा मुख्य शाखाहरूमा योग दिवसको अवसरमा कार्यक्रम बिस्तार गरेको थियो । योग सत्रको समापनपछि सहभागीहरू सरसफाई कार्यक्रममा पनि सहभागी भए नजिकैका खोलानाला, सामुदायिक भवनहरू र विद्यालयहरूको सरसफाई टाटाका ग्राहकहरूको पहलमा गरिएको थियो । सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहालले योग सकारात्मकपनसँग जोडिएको र यसले सकारात्मक विचार, सकारात्मक व्यवहार र सकारात्मक ऊर्जा कायम गर्न सघाउँने बताए ।
त्यसैगरी, सिप्रदी टेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले योगका हरेक शैलीको आफ्नै महत्त्व भएको र व्यक्तिको शारीरिक र मानसिक विकासमा मद्दत र्पुयाउँने बताए। साथै योग दिवसले हामीलाई हाम्रा ग्राहकहरू र कर्मचारीहरूसँग जोडिने एउटा मौका पनि प्रदान गर्यो । र सिप्रदी ग्राहक र कर्मचारीमुखी कम्पनी भएका कारण यो दिन हाम्रा लागि महत्त्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार