मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

ग्लोबल आइएमई बैंकले थप्यो १७ शाखारहित बैंकिङ्ग सेवा

शनिबार, असार ७ २०७६

काठमाडौं(जस)–ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ैंकले सिराहा जिल्लाको सिराहा नगरपालिका– १९ सन्हैठा चोक, कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका– १ रेगिल, पर्सा जिल्लाको पर्सागढी नगरपालिका– १ मनवा बजारमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । त्यसैगरी, पर्वत जिल्लाको मोदी गाउँपालिका– ७ राम्जा ठाँटी, परासी जिल्लाको सुनवल नगरपालिका– ११ जर्गाहा, संखुवासभा जिल्लाको चैनपुर नगरपालिका– ११ लोहाकोट, पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका– ५ वीरकोट, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका– १४ पराल्मी, मोरङ्ग जिल्लाको बेलबारी नगरपालिका– १० चाँदनी चोक एव्म बेलबारी नगरपालिका– ११ लक्ष्मीमार्ग, झापा जिल्लाको मेचीनगर नगरपालिका–२ भृकुटी चोक, तनहूँ जिल्लाको देबघाट गाउँपालिका– २ देबघाट, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका– ९हडिया बजार, तनहूँ जिल्लाको व्यास नगरपालिका– ५ नेपालटार, चितवनको इच्छाकामना गाउँपालिका– ७ भालुमारे र कालिका नगरपालिका– ९ शक्तिखोर र गुल्मी जिल्लाको सत्यवती गाउँपालिका– ६ चोरकाटेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।
यी १७ वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् । थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १५५ पुगेको छ । यसका साथै बैंकले दमक शाखा, काठमाडौं, कपनको साततले र वीरगंज स्थित नारायणी सब रिजनल अस्पताल परिसरमा ए.टी.एम. सेवा पनि सञ्चालनमा ल्याएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीस होमरसिडएिमएरयूटीएलरएनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार