आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

मृत्यु रोज्न पाउने कानुन न्युजिल्यान्डमा आजदेखि लागू

आइतबार, कार्तिक २१ २०७८

न्युजिल्यान्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ। स्टफ न्युज साइटका अनुसार गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ उक्त कानुन पास भएको थियो।न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै आजदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो। इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनुपर्ने पहिलो सर्त छ। कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन्। यो प्रक्रियाका लागि कम्तीमा दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ।

इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।बिबिसी हिन्दीका अनुसार स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा पनि इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ। तर ती मुलुकले इच्छा मृत्युका लागि फरक(फरक मापदण्ड बनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार