काठमाडौँ । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा अध्यक्ष पदको लागि कमल तामाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । विहिबार बसेको फोरमको बहुमत कार्यसमितिको बैठकको निर्णय अनुरुप व्यवसायी कमल तामाङलाई अध्यक्षमा उठाउने निर्णय भएको फोरमका अध्यक्ष हंशराज वाग्लेले जानकारी दिए ।

विधानको प्रक्रिया बमोजिम बहुमत कार्य समितिको उपस्थितिमा बहुमतले सर्वसम्मत निर्णय गरि अध्यक्षका लागि तामाङलाई चयन गरिएको छ वाग्लेले भने ‘बाँकि पदाधिकारीहरुको चयन भोलि/पर्सि भित्रै गरेर अगाडी बढ्छौं।’ फोरमको बैठकको निर्णय बमोजिम आँफुलाई संघको अध्यक्ष पदमा उम्मेद्वारी दिन आधिकारिक पत्र प्राप्त भएको कमल तामाङले जानकारी दिए।

यस अघि गत जेठ ३० गते फोरमले आगामी निर्वाचनका लागि उम्मेद्वारी दिन इच्छुक भए नाम टिपाउन व्यवसायीहरुमा आह्वान गरेको थियो । सो अनुरुप अध्यक्ष पदका लागि कमल तामाङ, भुवन गुरुङ, विष्णु गैरे लगायतको चर्चा हुँदै आएको थियो । संघका अध्यक्षका लागि चयन भएका तामाङ संघका पुर्व महासचिव, फोरमका पुर्व सल्लाहाकार, नेपाली कांग्रेस महासमिति सदस्य हुन् ।

फोरमको बिहीबार राती सम्पन्न कार्य समिति बैठकले उक्त निर्णय गरेको अध्यक्ष हंशराज वाग्लेले जानकारी दिए । फोरमले तामाङलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपनि कार्यसमितिका पदाधिकारी तथा सदस्यको उम्मेदवारी टुङ्गो लगाएको छैन । वैदेशिक रोजगार क्षेत्रमा वाकपटुताका साथै अनुभवी व्यवसायीका रुपमा परिचित तामाङ सिनामंगलस्थित हिमारब ओभरसीजका सञ्चालक समेत हुन् ।
हाल फोरमको सल्लाहकार रहेका तामाङ नेपाली काँग्रेस महासमिति सदस्य र संघको पूर्व महासचिव समेत हुन् । फोरममा उनी सहित पूर्व अध्यक्ष विष्णु गैरे, संघका द्धितीय उपाध्यक्ष भुवनसि गुरुङ लगायत पनि आकांक्षी रहेका थिए । अध्यक्षका प्रत्यासी तामाङले संघको निर्वाचनको मिति तोकिए पनि निर्धारित मिति आगामी असार २७ गते निर्वाचन नगर्ने योजनामा रहेको आरोप लगाएका छन् । उनले त्यस विरुद्ध प्रतिरोध र खवरदारी गर्न व्यवसायीहरुलाई आव्हान गरेका छन् । व्यवसायी संघले आगामी आषाढ २७ गते साधारण सभा र निर्वाचनको मिति तय गरिसकेको छ। संघ कार्य समितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ जसअनुरुप आगामी असार ३० गते संघ कार्यसमितिको कार्यकाल सकिंदैछ।



