आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

एन सी सी कतारद्वारा ४ नेपाली श्रमिकहरुलाई हवाई टिकट सहयोग

शनिबार, भाद्र २६ २०७८

२६ भदाै, दोहा ।  टिकट खरीद गर्न नसकेर स्वदेस फर्किन नसकी अलपत्र परेका ४ जना पीडित नेपाली कामदारलाई हवाई टिकट सहयोग मिलेको छ ।

विभिन्न कारणले रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका ४ नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ द्वारा १७ अगस्ट २०२१ का दिन हवाई टिकट सहयोग गरेको गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानाकारी गराए ।

स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग मिल्ने हरुमा अस्मिता लामा – काठमाडौ, मोहन पौडेल – भोजपुर र ९ सेप्टेम्बर २०२१ का दिन उदय कुमार यादब- मोहत्तरी र बिकाश शाही – बाजुरा लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको मुसलमानले बताए ।

उल्लेखित ब्याक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली नियोग कतार र एनसीसी कतारका सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्य हरु प्रती उन्ले हार्दिक आभार सहित धन्यवाद प्रकट गरेका छ्न ।

प्रतिक्रिया
सम्बन्धित समाचार