आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

काबुल हमलामा ६० जनाको मृत्यु, सबै उडान बन्द

शुक्रबार, भाद्र ११ २०७८

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको विस्फोटमा ६० जनाको ज्यान गएको छ । बिहीबार साँझ भएका दुई विस्फोटमा १ सय ६० जना घाइते भएको अन्तर्राट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

बिबिसीले उल्लेख गरेअनुसार विस्फोटमा चार सैनिकसहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको छ । घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आइएसआईएसको खुरासनले हमला गरेको दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार