काठमाडौं । जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ५ जना पुगेको छ । काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो ।
रामेछाप मन्थली नगरपालिका–४ निवासी श्रेष्ठको शनिबार बिहान मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
बम विस्फोटमा परि मृत्यु हुनेमा नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर थिए । श्रेष्ठ पनि विप्लव कार्यकर्ता हुन् ।
बम विस्फोटको घटना भएको २४ घण्टा नबित्दै ४ जनाको ज्यान गएको थियो ।